back
CTIZAN AD

आज राति १२ बजेदेखि २१ दिनसम्म पूरै भारत ‘लक डाउन’ गर्ने प्रधानमन्त्री मोदीको घोषणा

वि.सं.२०७६ चैत ११ मंगलवार

966 

shares

११ चैत, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा सम्बोधन गर्दै आज राति १२ बजेदेखि देश २१ दिनका लागि लक डाउन गरिने घोषणा गरेका छन् ।

प्रधामन्त्री मोदीले आज दोश्रोपटक देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनका लागि पूरै देश लक डाउन गरिएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा भारत तथा भारतका नागरिकलाई बचाउनका लागि यस्तो निर्णय गरिएको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले जो जहाँ जस्तो अवस्थामा रहेको छ त्यहि रहन आग्रह गर्दै सम्पूर्ण भारतीय नागरिकको जीवन बचाउनका लागि आफू तथा भारत सरकार, राज्य तथा स्थानीय सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

‘म हात जोडेर प्रार्थना गर्दछु जहाँ हुुनहुन्छ त्यहि रहनुहोस् । अहिलेको अवस्थालाई मध्येजनर गर्दै २१ दिन देश पूर्ण रुपमा लक डाउन गरिएको हो । यो सबै नागरिकको लागि महत्वपूर्ण हो । कोरोनाको संक्रमण रोक्नका लागि २१ दिन भारतका लागि महत्वपूर्ण हुनेछ ।’
प्रधानमन्त्री मोदीले २१ दिनको लकडाउनमा सबै सम्हालिन नसकेकामा देश तथा सम्पूर्ण भारतीय परिवार २१ वर्ष पछाडि धकेलिने र कयौं परिवारको ज्यान जाने बताएका छन् ।

प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री नभएर परिवारको सदस्यका हैसियतले यस्तो भनेको बताउँदै भनेका छन् ‘घरमा रहनुस्, घरमा रहनुस्, घरमा रहेर एउटा काम गर्नुहोस् घरमै रहनुस् ।’

युरोपियन तथा अमेरिकी देशमा स्वास्थ्य सेवा प्रभावकारी रहे पनि त्यहाँ कन्ट्रोल गर्न नसकिएको बताउदै ती मध्ये केही देशका नागरिकले सरकारको निर्देशन मानेर कोरोना भाइरसबाट बाहिर आउने बाटोमा रहेको बताएका छन् । उनले भारतका लागि पनि यहि बाटो र यहि शिक्षा मिलेको भन्दै घरमै रहेर कोरोना भाइरसलाई परास्त गर्न सकिने बताए ।

प्रधानमन्त्री मोदीले आजदेखि जनताको घरमा लक्ष्मण रेखा कोरिएको र त्यो रेखा नाघेर बाहिर जानेले कोरोना भाइरस जस्तो महामारी भित्र लिएर आउने समेत बताएका छन् ।

उनले संकल्पलाई पटक–पटक बलियो बनाउने र कदम कदम संयमता अपनाउने समय रहेकोले ‘जान रह्यो भने जहान हुने’ बताउँदै सबैले आफ्नो संकल्प, बचन निभाउनु पर्ने बताए ।

‘म हात जोडेर प्रार्थना गर्छु घरमै रहेर ती व्यक्तिका लागि प्रार्थना गर्नुहोस् जसले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि आफ्नो जीवन जोखिममा राखेर महामारीबाट जीवन बचाउन दिनरात अस्पतालम काम गरिरहेका छन् । ‘एम्बुलेन्स चलाउने ड्राइभर, सफाई गर्ने कर्मचारीलगायतका बारेमा सोच्नुहोस् जो यो कठिन समयमा पनि काम गरिरहेका छन् । उनीहरुकै कारण यो भाइरसको महामारी हराउने छ ।’प्रधानमन्त्री मोदीले भनेका छन्  ।

वि.सं.२०७६ चैत ११ मंगलवार २०:५५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...