back

कोरोना नियन्त्रणका लागि नेकपाको ५ सदस्यिय न्युक्लियस गठन

वि.सं.२०७६ चैत ११ मंगलवार

1.1K 

shares
GLOBAL IME AD
NTC AD

११ चैत्र, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि नेकपाले ५ सदस्यीय न्युक्लियस गठन गरेको जनाएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ काठमाडौले सो न्युक्लियस गठन गरेको हो ।

राज्यका निकाय तथा स्वास्थ्यकर्मीलाई सहयोग गर्न भनि गठन गरिएको ५ सदस्यीय सो न्युक्लियसको संयोजकमा नेकपा नेता अनिल शर्मा रहेका छन् भने सदस्यहरुमा विदुर मैनाली, कल्पना राणा, ईश्वर सापकोटा र गणेश दुलाल रहेका छन् ।

नेता अनिल शर्माका अनुसार १ नम्बर निर्वाचन क्षेत्रका पार्टी जिल्ला सदस्य तथा जनवर्गीय संगठनलाई समेत समेटेर ११ वटा टोलहरुमा स्वयसेवक समिति गठन गरीएको छ । नेपाल सरकार एवम् विश्व स्वास्थ्य संगठन लगायतका आधिकारिक निकायबाट जारी जानकारीहरुको प्रभावकारी कार्यान्वयन गराउन तथा जनतालाई भाइरसका विरुद्ध लड्न तयार गर्ने लगायतका काम यी समितिहरुलाई तोकिएको छ ।

वर्तमान असाधारण परिस्थितिमा पनि यस्तो रचनात्मक कामको प्रयास गर्ने अनिल शर्मा र संलग्न नेतृत्वपंक्तिले बिधिसम्मत निर्णय गरेको भन्दै कार्यकर्ताहरुले कार्यक्षेत्रमा जुटने बताएका छन् ।

वि.सं.२०७६ चैत ११ मंगलवार २०:५२ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...