back
CTIZAN AD

कोरोना नियन्त्रणका लागि नेकपाको ५ सदस्यिय न्युक्लियस गठन

वि.सं.२०७६ चैत ११ मंगलवार

1.7K 

shares

११ चैत्र, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि नेकपाले ५ सदस्यीय न्युक्लियस गठन गरेको जनाएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ काठमाडौले सो न्युक्लियस गठन गरेको हो ।

राज्यका निकाय तथा स्वास्थ्यकर्मीलाई सहयोग गर्न भनि गठन गरिएको ५ सदस्यीय सो न्युक्लियसको संयोजकमा नेकपा नेता अनिल शर्मा रहेका छन् भने सदस्यहरुमा विदुर मैनाली, कल्पना राणा, ईश्वर सापकोटा र गणेश दुलाल रहेका छन् ।

नेता अनिल शर्माका अनुसार १ नम्बर निर्वाचन क्षेत्रका पार्टी जिल्ला सदस्य तथा जनवर्गीय संगठनलाई समेत समेटेर ११ वटा टोलहरुमा स्वयसेवक समिति गठन गरीएको छ । नेपाल सरकार एवम् विश्व स्वास्थ्य संगठन लगायतका आधिकारिक निकायबाट जारी जानकारीहरुको प्रभावकारी कार्यान्वयन गराउन तथा जनतालाई भाइरसका विरुद्ध लड्न तयार गर्ने लगायतका काम यी समितिहरुलाई तोकिएको छ ।

वर्तमान असाधारण परिस्थितिमा पनि यस्तो रचनात्मक कामको प्रयास गर्ने अनिल शर्मा र संलग्न नेतृत्वपंक्तिले बिधिसम्मत निर्णय गरेको भन्दै कार्यकर्ताहरुले कार्यक्षेत्रमा जुटने बताएका छन् ।

वि.सं.२०७६ चैत ११ मंगलवार २०:५२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...