back
CTIZAN AD

कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’

वि.सं.२०७६ चैत ११ मंगलवार

813 

shares

११ चैत, काठमाडौँ ।

“संसारभरि दसौँ हजार मान्छे मरिरा’छ

अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ

डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ

यो बेलामा हामी सबै सचेत बन्नुपर्छ

आउँदैछ कोरोना भाइरस

विश्वभर आतङ्क छाइरहा’छ….”

विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् । आजदेखि अत्यावश्यक सेवाबाहेक बन्द ‘लकडाउन’ जारी गरेकाले मानिसहरु घरमा परिवारसहित बजेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोना विरोधी सचेतनामूलक गीतहरु युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन् ।

चीनको हुवेई प्रान्तको उहान शहरबाट फैलिएको यो भाइरसबारे शुरुमा आम नेपालीले धेरै बुझेका थिएनन् । पछि विश्वव्यापी सङ्क्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरका बारेमा चाल पाए । नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’ का माध्यमबाट पनि धेरै मानी सचेत भएका थिए । यी गीतहरुले कोरोना भाइरसलाई अझ सरलरुपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीति शैलीमा प्रस्तुत गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंज्ञेनी, रमेश बिसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।

“अङ्कमाल हात मिलाउन आजैबाट छोडौँ

भेटघाट हुँदा नमस्कार गर्दै हात जोडौँ

स्वस्थ्य बन्न सक्छौँ आफ्नै आनी र बानीले

माक्स लगाउ हात धोउ हजुर साबुन र पानीले

डराउनैपर्ने त छैन है

ख्याल ठट्टा गर्ने नि होइन है…”

मानवीय सुरक्षासँग जोडिएको यस सवालमा ‘बाँचौँ र बचाऔँ’ को उद्घोषसहित डा बाबुराम अधिकारीको शब्द रचना, सागर गुरुङ र प्रेक्षा लम्सालको स्वरमा प्रिज्म स्टुडियोले अर्काे गीति भिडियो प्रस्तुत गरेको छ :

“नजाउँ कतै भीडभाड हुने ठाउँ

आउन सक्छ सहर सबै गाउँ

बनौँ सचेत

आत्तिनु पर्दैन

सावधानी अपनाउँ है हुन्नौँ अचेत…’

कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्य कार्यक्रम र टेलिशृङ्खलाहरु यही अभियानमा सामेल भएका छन् । नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लव’ ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ । चिकित्सकलाई नै कार्यक्रममा उपस्थिति गराएर रमाइलो शैलीमा कोरोना भाइरस र यसको बचावटबारे प्रस्तुति दिन थालिएको छ ।

‘एमएमएस इन्टरटेन्ट’ले पनि रिमिक्स शैलीमा ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’ बोलको ‘कोराना…’ गीत बाहिर ल्याएको छ । सचेतनाका लागि नागरिकहरुले नागरिकका लागि भन्दै सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक र जानकारीमूलक सन्देश पनि समावेश गर्न थालेका छन् । यस्तो संवदेनशील घडीमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गलत सूचना र अफवाह फैलाउनेलाई कानूनी काराबाहीको प्रक्रिया पनि अघि बढेको छ । (रासस)

वि.सं.२०७६ चैत ११ मंगलवार २०:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...