back
CTIZAN AD

‘हान्टा भाइरस’ बारे यसो भन्छन् डा श्याम डुम्रे

वि.सं.२०७६ चैत ११ मंगलवार

1.5K 

shares

संसारलाई आतंकित पारिरहेको नोबेल कोरोना भाइरस(कोभिड १९) को हल्ला शान्त हुन नपाउँदै फेरी चाइनामा नया ‘हान्टा भाइरस’ फैलियो भनेर धेरै हल्ला हुन लागेको छ । जापानमा रहेका डा श्याम डुम्रे हाण्टा र अन्य भाइरसको बारेमा यसबारे जानकारी गराउँदै भन्छन् :

“फेरी चाइनामा नया “हाण्टा भाइरस” फैलियो भनेर धेरै हल्ला हुन लागेछ । सर्बसाधारणको जानकारीको लागि हाण्टा र अन्य भाइरसको बारेमा सामान्य जानकारी !

हान्टा भाइरस नयाँ होइन, पहिले नै पत्ता लगाइएको भाइरस हो र यो सबै महादेश (अण्टार्कतिका बाहेक) मा पाइञ्छ । अमेरिकातिर हुनेलाइ ‘New World’ अनि र हाम्रो एसिया मा हुने लाइ ‘Old World’ हाण्टा भाइरस भनेर पनि चिनिन्छ। यो भाइरस धेरै समय अघि युरोप तिर र हालसालै अर्को छिमेकी भारत तथा श्रीलंका लगायतका मुलुकहरुमा पनि भेटिएको थियो। यो खास गरि मुसा/ छुचुन्द्राबाट (पिसाब, दिशा, र्याल आदिको सम्पर्क बाट) मानिसमा सर्दछ । यसको मृत्य्दर उच्च भएता पनि एउटा मानिसबाट अर्को मानिसमा सरेको प्रमाण छैन (एउटा १९८७ को संदिग्ध केस बाहेक, ल्यांसेट-१९९७) । न्युवर्ल्ड हान्टा भाइरस जुन अमेरिका तिर पाइन्छ, त्यसले न्युमोनिया बनाउँछ भने ओल्ड वर्ल्ड हान्टा भाइरसले रक्तस्राव अर्थात् हेमरेज तथा मृगौलामा समस्या ल्याउँछ।

संसारमा अनगिन्ती भाइरस छन्। धेरै जसो भाइरसहरु जनावरबाट मान्छेमा सर्ने गर्छन्। वैग्यानिकका अनुमानका आधारमा, २५ परिवारका पन्ध्र लाख भन्दा बढी भाइइरस छन्। ती मध्य हालसम्म करिब २६० जति भाइरस मात्र पहिचान भएको छ। अर्थात् ९९.९% भाइरसहरु अझै देखिएका वा चिनिएका छैनन् (ल्यांसेट-२०१९)।

कतिपय अवस्थामा बंशानुगत परिवर्तनबाट वा स्पिल ओभर भएर पनि यी भाइरस मान्छेमा सर्छन्। जबसम्म मान्छेमा भाइरस संक्रमणले कुनै रोग देखाउँदैन, यी भाइरसहरु देखिएका हुँदैनन्। कुनै भाइरसले सानो संक्रमण हुन्छ भने कहिलेकाहीं कोभिड-१९ जस्तो ठूलै महामारी पनि हुनसक्छ।

यी अनगिन्ती भाइरसहरु मध्य नगन्य प्रतिशतको मात्र पहिचान भएको छ, त्यसकारण कहिले कुन नयाँ भाइरसले नयाँ रोग निकाल्छ, केही थाहा हुँदैन। हरेक नयाँ भाइरसको आआफ्नै गुण हुने हुनाले चिन्न बुझ्न तथा त्यसको रोकथाम, उपचार र नियन्त्रणका उपाय पत्ता लगाउन पनि समय लाग्छ। तर, व्यक्तिगत ब्यबहार अनि सामान्य सरसफाइका नियमहरु अर्थात ‘चोखोपन’का प्रकृयाहरुको पालना गर्ने हो भने धेरै प्रकारका विशाणु/ जिवाणुबाट बच्न सकिन्छ।

अहिलेलाई भने केवल कोभिड-१९ को चिन्ता गरौं। घर बाहिर ननिस्कौं। तपाइँको एउटा सानो गलती वा लापरबाहीले तपाइँ आँफु, परिवार वा देशलाई नै संकटमा पार्न सक्छ । सबै नागरिक संबेदनशील भयौ र देशले यो लडाई जित्यो भने (जित्नै पर्छ !) यो पाठले हामीलाई यस्ता धेरै भाइरस संग लड्न र जित्न सिकाउने छ/ समर्थ बनाउनेछ ।”

वि.सं.२०७६ चैत ११ मंगलवार २१:२७ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...