back
CTIZAN AD

जर्मनीमा कोरोनाको कहर: एनआरएनए जर्मनीका निर्वतमान अध्यक्ष विजयले गरे यस्तो अपिल

वि.सं.२०७६ चैत ११ मंगलवार

912 

shares

गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् (एनआरएनए) जर्मनीका निर्वतमान अध्यक्ष विजय मोक्तानले कोरोनाको संक्रमण नलुकाउन अपिल गरेका छन् ।

संसारभरीका मानिसहरु कोरोना भाइरसको चपेटामा परेको र त्यसको प्रभाव जर्मनीका नेपालीमा पनि परेको बताउँदै ज-जसलाई कोरोना भाइरस संक्रमण भएको हो ती व्यक्तिले खुला रुपमा आफू संक्रमित भएको जानकारी दिएमा अरु संक्रमित हुनबाट बच्न सक्ने बताएका छन् ।
सबैलाई अपिल गर्दै मोक्तानले भनेका छन् ।
आदरणिय जर्मनी निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैमा नमस्कार,

कोरोना नामका भाइरसले २०२० मा तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो त्रास र आतंक मच्चाईदिएको छ । विश्वको अर्थतन्त्रदेखी ठुलो रुपमा मानबिय क्षति समेत गर्दै आएको छ । यसबाट मृत्यु हुने क्रम दिनानु दिन बढ्दो छ । यो रोग एसियाबाट आएता पनि यसको बड्दो चाप भने युरोपमा देखिएको छ । इटलिमा बिशेष गरी धेरैको ज्यान गएको देखिएता पनि यसले आक्रामक रुप लिँदै अन्य युरोपियन राष्ट्रहरुलाई ग्रसित गर्ने क्रममा हाल आएर जर्मनीमा कम समयमा नै यो सबै राज्यमा फैलिसकेको छ भने धेरैको कोरोना भाइरसले ज्यान लिसकेको छ । भलै विश्वयुद्ध भएको खण्डमा सम्बन्धित राष्ट्रहरु मात्रै युद्धमा होमिन्थे होला र स–साना राष्ट्रहरुलाई त्यस्तो असर पर्दैन थियो होला । तर यस भाईरसबाट भने मै हुँ भन्ने शक्तीसाली राष्ट्रहरु पनि चोखिन सकिएनन् । रोग र मृत्युको अगाडि कसैको केही नलाग्ने यस भाईरसले सिद्ध गरिदिएको छ । तर, पनि अचम्म के छ भने बालबालिका र गर्भवती महिलाहरुमा बुढा बुढी र इम्युन सिस्टम कमजोर भएकाहरुमा भन्दा सर्न ढिलो हुने भनेर जर्मनी राष्ट्रियस्तरको टेलिभिजनमा प्रसारण गरिएको थियो ।

रोग लागेपछि आफ्नै श्रीमानश्रीमती आमा बुवा र छोराछोरीबाट टाढिनु पर्ने कस्तो रोग हो रोगिलाई अङालो हाल्न समेत नसक्ने कस्तो रोग हो यो ? सबैले यसलाई ख्याल ठट्टमा नउडाउनु होला । सिरियसली लिएर आफ्नो शरीर स्वास्थ्यको ख्याल राख्नु होला यसबाट बच्ने भनेकै अनुशासित भएर हाल डाक्टरहरु र सरकारले घोषणा गरेका नियम को पलान गर्नु हो ।

हामीले यस संकटकालिन अवस्थामा हांसी मजाक अनावश्यक कुराहरुको पछाडि नलाग्न म सबैलाई अनुरोध गर्दछु ।
हाल राइन् लाण्ड RLF मा एक नेपालीलाईCOVID-19 Corona भन्ने सुनियो यदी यो सत्य हो भने उहाँको परिवारको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । र यस समय तपाईं हामी सबैले सहानुभुती बाहेक केही दिन सक्दैनौ । उहाँलाइ पोजेटिभ भनेर कसले प्रमाण गरेको हो ? यदी पोजेटिभ हो भने जर्मनी सरकारले कहिले पनि खुल्ला छोड्दैन । ऊहाँलाइ सम्बन्धित उपचार कक्षमा लगिन्थ्यो होला । यदी पोजेटिभ भएकोसँग मात्रै संपर्क भएको भए कुअरन्तिने मा बस्न सुझाउथ्यो होला । उहाँले आफू पोजेटिभ भएको केही प्रमाण दिन सक्नु हुन्छ ? यदी ऊहाँलाइ पोजेटिभ नै भएको भए जर्मनी सरकारले सुरक्षित गर्ने छ यसमा कुनै दुई मत छैन । कोरोनाबाट त तपाईं हामी सबै प्रभाबित भैसकेकाछौ ।
सबैको दिन चर्या ठप्प भएको अवस्था छ । केबल रोग नै लागेर रोगी भएर बेडमा मात्रै सुतेका छैनौ । अत हामीले अहिलेको अवस्थामा हेर्ने भनेको विद्यार्थी भाई बहिनिहरुलाई र अबैद्यरुपमा बसोबास गर्दै आएका ( ओभरस्टे) बिशेष गरी अन्य युरोप राष्ट्रहरुबाट १–२ बर्षको भिसा लिएर जर्मनीमा काम गर्दै आएकाहरुलाई हेर्ने हुन यहाँ permanent resident (PR)हुनेहरुलाई जर्मनी सरकारले सुरक्षित गर्ने छन् । अत हाललाई हामीले सबैलाई साबधानी गराउने र सुरक्षित रहन सघाउने हुन बस्नका लागे जर्मनी सरकारले ३ महिना सम्मको घर भाडा पछि दिएपनि हुने भन्ने घोषणा गरी सकेको अवस्थामा हामीले उहाँहरुलाई खान पिनको लागि आवश्यक सर सामान उपलब्ध गराउन आर्थिक सहयोग गर्ने हो ।
र यदी कसैलाई यो रोग भाइरस भएको खण्ड मा गोप्य राख्ने होइन तपाईं हामीहरुले अरु सबैको सुरक्षाको लागि पनि सार्वजनिक गरिदिनु पर्ने जस्तो मलाई लाग्दछ । गोप्य राखेर सहयोगको आव्हान पनि गर्न सकिन्न । अनी यो कुनै एक ब्यक्तिलाई हुने रोग होइन यसलाई लुकाउनु पर्ने । यो रोग Germany Chanclleor Dr. Angela Merkel जस्ताले आफु positive भएकासँग नजिक भएको खुलासा गरेर Quarantine मा बसेको कुरा नेशनल टिभीमा फुक्ने अन्य कयौ यसै रोगबाट मृत्यु हुने र ग्रसित भए भनेर सार्वजनिक गरेको अवस्थामा हामीले चाँही लुकाएर झन अरुलाई सार्ने खालको कुरा नगराउ । यदी मलाई यस भाईरसले आक्रमण गरेमा म सार्वजनिक गरी अरुलाई मबाट टाढा राख्छु । र त्यसै संकाको भरमा भन्ने होइन मेडिकल रिपोर्ट साथ आउनु पर्यो । यस बाट कसैलाई असर परेमा क्षमापार्थी छु । धन्यवाद ।

बिजय मोक्तान

निबर्तमान अध्यक्ष

गैरआवासिय नेपाली संघ जर्मनी

वि.सं.२०७६ चैत ११ मंगलवार २१:३१ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...