back
CTIZAN AD

जा नआ कोरोना

वि.सं.२०७६ चैत ११ मंगलवार

801 

shares

कोरोना जगमा सुटुक्क नभनी पस्दै छ यो दानव
सारा यी घरमा भयावह बनी डस्दै छ यो मानव
कस्तो काल रहेछ आज दुनियाँ हावा र कावा गर्यो
यस्तो हाल गरेछ त्रास खुनिया बाधा र पीडा छर्यो

ए घाती पर जा नआ वर ल भन् के लान आइस् यहाँ
ए पापी तँ अजिङ्गरै सरि ल भन् के खान धाइस् यहाँ
हामी बाँच्न नपाउने किन यहाँ तेरो छ केको हक
हाँसी नाच्न नपाउने किन यहाँ हाम्रो छ पूरा हक

बाँच्छौँ शुद्ध सफा बनेर सजिलै फोहोर छैनन् कतै
खान्छौँ साबुनले सफा गरिगरी यी हात खाना सबै
शिष्टाचार गरी सबै जनहरू झुक्छौँ नमस्कारमा
हाम्रो यो अनुशासनै छ बलियो उठ्छौँ सुसंस्कारमा

प्यारो राष्ट्र छ स्वस्थ विश्वभरमा नेपाल पस्छस् किन
राम्रो वास पवित्र उच्च धरती बेकार फँस्छस् किन
भागी जा सरुवा चियाउन नखोज् ढोका सबै बन्द छन्
पाजी जा भतुवा गिज्याउन नखोज् नाका सबै ठप्प छन्  ।

वि.सं.२०७६ चैत ११ मंगलवार २१:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...