back
CTIZAN AD

जर्मनीमा एक नेपाली परिवारमा कोरोना संक्रमण !

वि.सं.२०७६ चैत ११ मंगलवार

885 

shares

११ चैत, जर्मनी । संसारभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैले त्रासमय जीवन व्यतित गर्नु परिरहेकोे छ । साथै विश्वका विभिन्न देशमा रहेका नेपाली समुदाय पनि यो भाइरसको चपेटामा परेका छन् ।

अमेरिकामा र बेलायतमा कोरोना भाइरसका कारण दुई सातामा दुईजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ भने यसको संक्रमणको चपेटामा अहिलेसम्म दर्जन नेपाली परिसकेको बताइएको छ । बहराइनमा तीन, युएईमा २, अष्ट्रेलियामा १, अमेरिकामा २, पोर्चुगलमा एकजना र जर्मनीमा पनि एक नेपाली परिवार संक्रमित भएको समाचार संसारन्युजलाई प्राप्त भएको छ ।

पछिल्लो समाचार अनुसार जर्मनीको राइनल्याण्डस्थित एक शहरमा बसोबास गरिरहेका एक नेपाली परिवार कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ ।

यसै विषयमा एनआरएनए जर्मनीका निर्वतमान अध्यक्ष विजय मोक्तानले कोरोना संक्रमण भएको आफूले पनि थाहा पाएको तर पूर्ण विवरण थाहा नभएको बताएका छन् ।

कोरोना संक्रमण भएका दम्पति र उनीहरुका दुई सन्तान रहेको पनि बताइएको छ । संक्रमण भएको पुष्टि भएपछि उनीहरु घरमै क्वारेन्टाइनमा बसेको र आफूहरु निको हुँदै गएकोले चिन्ता नलिन सबै नेपाली समुदायमा अनुरोध गरेको समेत बताइएको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार २१:४८ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...