back

जर्मनीमा एक नेपाली परिवारमा कोरोना संक्रमण !

वि.सं.२०७६ चैत ११ मंगलवार

489 

shares
GLOBAL IME AD
NTC AD

११ चैत, जर्मनी । संसारभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैले त्रासमय जीवन व्यतित गर्नु परिरहेकोे छ । साथै विश्वका विभिन्न देशमा रहेका नेपाली समुदाय पनि यो भाइरसको चपेटामा परेका छन् ।

अमेरिकामा र बेलायतमा कोरोना भाइरसका कारण दुई सातामा दुईजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ भने यसको संक्रमणको चपेटामा अहिलेसम्म दर्जन नेपाली परिसकेको बताइएको छ । बहराइनमा तीन, युएईमा २, अष्ट्रेलियामा १, अमेरिकामा २, पोर्चुगलमा एकजना र जर्मनीमा पनि एक नेपाली परिवार संक्रमित भएको समाचार संसारन्युजलाई प्राप्त भएको छ ।

पछिल्लो समाचार अनुसार जर्मनीको राइनल्याण्डस्थित एक शहरमा बसोबास गरिरहेका एक नेपाली परिवार कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ ।

यसै विषयमा एनआरएनए जर्मनीका निर्वतमान अध्यक्ष विजय मोक्तानले कोरोना संक्रमण भएको आफूले पनि थाहा पाएको तर पूर्ण विवरण थाहा नभएको बताएका छन् ।

कोरोना संक्रमण भएका दम्पति र उनीहरुका दुई सन्तान रहेको पनि बताइएको छ । संक्रमण भएको पुष्टि भएपछि उनीहरु घरमै क्वारेन्टाइनमा बसेको र आफूहरु निको हुँदै गएकोले चिन्ता नलिन सबै नेपाली समुदायमा अनुरोध गरेको समेत बताइएको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार २१:४८ मा प्रकाशित

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...