back
CTIZAN AD

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वि.सं.२०७३ पुस ३ आइतवार

1.1K 

shares

 ३ पुस,सिन्धुली । वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।

विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।
सो भिडियोबाट पास्पोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय आउने युवायुवतीलाई श्रव्य दृश्य मार्फत वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने विभिन्न प्रक्रियाकाबारे सूचना प्रवाह गर्ने छ ।

यस्तै १६ औं अन्तर्राष्ट्रिय आप्रवाशन दिवसका अवसरमा उक्तल केन्द्रले आज यहाँ “सुरक्षित वैदेशिक रोजगारीको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता” विषयक उच्च माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा ६ वटा उच्च माध्यमिक विद्यालयका ८ विद्यार्थीले भाग लिएकामा जनज्योति उच्च माध्यमिक विद्यालयका गौरव शिवाकोटी पहिला, भगवती आवासीय उच्च माध्यमिक विद्यालयका पासाङ घिसिङ दोस्रा र भगवती कै पूजा श्रेष्ठ तेस्रा भएका थिए ।
प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले सो प्रतियोगितामा पहिला हुने विद्यालयका विद्यार्थीलाई रु. ३ हजार दोस्रा हुनेलाई रु.२ हजार र तेस्रा हुनेलाई रु.१५ सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १०:४५ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...