back

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वि.सं.२०७३ पुस ३ आइतवार

762 

shares
GLOBAL IME AD
NTC AD

 ३ पुस,सिन्धुली । वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।

विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।
सो भिडियोबाट पास्पोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय आउने युवायुवतीलाई श्रव्य दृश्य मार्फत वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने विभिन्न प्रक्रियाकाबारे सूचना प्रवाह गर्ने छ ।

यस्तै १६ औं अन्तर्राष्ट्रिय आप्रवाशन दिवसका अवसरमा उक्तल केन्द्रले आज यहाँ “सुरक्षित वैदेशिक रोजगारीको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता” विषयक उच्च माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा ६ वटा उच्च माध्यमिक विद्यालयका ८ विद्यार्थीले भाग लिएकामा जनज्योति उच्च माध्यमिक विद्यालयका गौरव शिवाकोटी पहिला, भगवती आवासीय उच्च माध्यमिक विद्यालयका पासाङ घिसिङ दोस्रा र भगवती कै पूजा श्रेष्ठ तेस्रा भएका थिए ।
प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले सो प्रतियोगितामा पहिला हुने विद्यालयका विद्यार्थीलाई रु. ३ हजार दोस्रा हुनेलाई रु.२ हजार र तेस्रा हुनेलाई रु.१५ सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १०:४५ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...