back
CTIZAN AD

उत्पादन कम भएपछि व्यापारीको हारालुछ

वि.सं.२०७३ पुस ३ आइतवार

996 

shares

३ पुस,काभ्रे। जिल्लाको नाला क्षेत्रमा तरकारी उत्पादन कम भएपछि व्यापारीको हारालुछ हुन थालेको छ । अन्य महिनाको तुलनामा जाडो महिनामा तरकारीको उत्पादन कम भएकाले तरकारी किन्ने व्यापारीको हारालुछ हुन थालेको हो ।

नालाको उग्रचण्डी बजारमा कालीमाटीको तरकारीे मूल्य भन्दा पनि उच्च रहेको उल्लेख गर्दैै स्थानीय व्यापारी सुन्दर पराजुलीले भन्नुभयो– “उत्पादन बढी भएको समयमा यहाँ व्यापारीले सामान किन्न छाडिदिन्छन् भने कम भएको बेला सधैँ नै हारालुछ हुने गर्छ ।”
यहाँको बजारमा हाल मुला प्रतिकेजी १८ देखि २० रुपैयाँ, काउली २८ देखि ३० रुपैँया र गोलभेँडा ३० देखि ३२ रुयौयाँसम्ममा कृषकबाट खरिद हुने गरेको छ ।

आफ्नो प्रमुख पेसा नै कृषि भएकाले थोरै जग्गामा तरकारीखेती गरेर सात जनाको परिवार धान्न र तीन जनालाई पढाउन सजिलो भएको अर्का कृषक केशब दाहालले बताउनुभयो । “मैले एसएलसी दिएदेखि नै तरकारी खेती गरेको हूँ। अहिले तरकारीखेती गर्न लागेको १५ वर्ष भइसक्यो ।”

आफूले गोलभेँडा र मुलाखेती गरेको र भनेजस्तै मूल्य पाएको उग्रचण्डीकी कृषक कमला दाहालको भनाइ छ । आफूले दुई रोपनी जग्गामा तरकारीखेती गरेर वर्षको झन्डै डेडदेखि दुईलाखसम्मको तरकारी बेच्ने गरेको उहाँले बताउनुभयो ।

अन्य ठाउँमा भन्दा यस बजारमा तरकारीको बिक्री मूल्य राम्रो भएकाले आफूले सधैँ यहीँ तरकारी बेच्न आउने गरेको टुकुचा नालाकी सपना घिमिरेले बताउनुभयो ।

उग्रचण्डीको कृषि बजारमा अन्य ठाउँको भन्दा यहाँका कृषकले लगानीको उचित मूल्य पाएको व्यापारी दीपेन्द्रप्रसाद गुप्ताको भनाइ छ । यहाँ कृषकले सही मूल्य पाउन् र व्यापारीबीच प्रतिस्पर्धा कम होस् भन्नका लागि कृषि बजारको स्थापना गरिएको छ । रासस÷

वि.सं.२०७३ पुस ३ आइतवार १०:४६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...