back
CTIZAN AD

अफगानिस्तानमा सडक दुर्घटना १४ व्यक्तिको मृत्यु

वि.सं.२०७३ पुस ३ आइतवार

1K 

shares

 ३ पुस,काबुल । पश्चिमी अफगानिस्तानको प्रमुख राजमार्ग भएको एक सडक दुर्घटनामा कम्तीमा १४ अफगान नागरिकको मृत्यु भएको छ । सर्वसाधारणको एक बस तेलको ट्याङ्करसँग ठोक्किँदा सो घटना भएको छ ।

फराह प्रान्तमा प्रान्तीय गभर्नरका प्रंवक्ता मोहमद नसेर मेहरीका अनुसार आइतबार भएको यस दुर्घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

पश्चिमी हेरातबाट अफगानिस्तानको राजधानी काबुलतर्फ गइरहेको यस बस दुर्घटनामा परी घाइते भएका मध्य कैयौँको अवस्था गम्भीर रहेको मेहरीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा सडक दुर्घटना असाधारण घटनाको रुपमा नरहेको र देशभरि वार्षिक रुपमा सडक दुर्घटनामा सयौ व्यक्तिको मृत्यु हुने गरेको छ ।

उच्च गतिमा र जथाभावी रुपमा सवारी साधन चलाउनु र सडकको मर्मत सम्भारमा कमीको कारण दुर्घटना हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ । रासस÷एपी

वि.सं.२०७३ पुस ३ आइतवार १०:४९ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...