३ पुस,काबुल । पश्चिमी अफगानिस्तानको प्रमुख राजमार्ग भएको एक सडक दुर्घटनामा कम्तीमा १४ अफगान नागरिकको मृत्यु भएको छ । सर्वसाधारणको एक बस तेलको ट्याङ्करसँग ठोक्किँदा सो घटना भएको छ ।
फराह प्रान्तमा प्रान्तीय गभर्नरका प्रंवक्ता मोहमद नसेर मेहरीका अनुसार आइतबार भएको यस दुर्घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
पश्चिमी हेरातबाट अफगानिस्तानको राजधानी काबुलतर्फ गइरहेको यस बस दुर्घटनामा परी घाइते भएका मध्य कैयौँको अवस्था गम्भीर रहेको मेहरीले जानकारी दिएका छन् ।
अफगानिस्तानमा सडक दुर्घटना असाधारण घटनाको रुपमा नरहेको र देशभरि वार्षिक रुपमा सडक दुर्घटनामा सयौ व्यक्तिको मृत्यु हुने गरेको छ ।
उच्च गतिमा र जथाभावी रुपमा सवारी साधन चलाउनु र सडकको मर्मत सम्भारमा कमीको कारण दुर्घटना हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ । रासस÷एपी
वि.सं.२०७३ पुस ३ आइतवार १०:४९ मा प्रकाशित