back
CTIZAN AD

न्युजल्यान्डका प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

वि.सं.२०७३ पुस ३ आइतवार

1K 

shares

 ३ पुस,वेलिङ्टन । न्युजल्यान्डका नवनियुक्त प्रधानमन्त्री बिल इङ्गलिसले आइतबार आफ्नो मन्त्रीमण्डलमा फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री इङ्गलिसको प्रशासनिक सुधारतर्फको यो पहिलो कदम भएको जनाइएको छ ।

मध्य दक्षिणपन्थी मानिने सत्तारुढ दल – नेसनल पार्टीका ५४ वर्षीय बिल इङ्गलिसलाई पार्टीले सर्वसम्मतिबाट छ दिन अघि प्रधानमन्त्री पदमा नियुक्त गरी पदभार सुम्पिएको थियो ।

यसअघि लगातार आठवर्षसम्म मुलुकको प्रधानमन्त्रित्वको दायित्व बहन गर्नुभएका लोकप्रिय नेता किले पारिवारिक कारण देखाई राजीनामा दिनुभएकाले इङ्गलिसलाई नवनियुक्ति दिइएको हो ।

आगामी वर्ष सम्पन्न हुन गइरहेको आम निर्वाचनमा प्रधानमन्त्री पदका लागि नै उम्मेदवारी दिन लाग्नुभएका प्रहरी मामिलामन्त्री जुडिथ कोलिन्सलाई पदभार मुक्त गरिएको छ भने केही मन्त्रीहरुको मन्त्रालय मात्र फेरबदल गरिएको छ ।

त्यस्तै, उपप्रधानमन्त्री पदमा पाउला बेनेटलाई नयाँ नियुक्ति दिई प्रहरी मामिला मन्त्रालय उहाँलाई जिम्मा लगाइएको छ ।

वर्तमान विदेशमन्त्री मुर्रे म्याककुल्लिले आगामी आम निर्वाचनमा नउठ्ने घोषणा गर्नुभएकाले उहाँलाई हाल सोही पदमा कायम गरिएको र आउँदो मे महिनामा उहाँको बदला अन्य कसैलाई नियुक्ति दिइने जनाइएको छ ।

वर्तमान आर्थिक विकासमन्त्रीलाई पनि हटाई स्टिभन जोयसलाई नयाँ नियुक्ति दिई सो मन्त्रालय र राष्ट्रको अर्थतन्त्र हाँक्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै लगातार चार पटकसम्म सांसदमा विजयी रहनुभएका खाद्य सुरक्षामन्त्री जो गुडह्युलाई हटाइएको छ भने वर्तमान मन्त्रीमण्डलका अन्य सदस्यद्वय साम लोटु–लिगा र क्रेग फोसले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्नु अगाडि नै राजीनामा दिनुभएको छ ।

“नयाँ मन्त्रीमण्डलको समूह सबै चुनौती सामना गर्न सक्षम रहने र सरकारलाई सफल बनाउने अपेक्षा गरिएको” इङ्लिसले बताउनुभयो ।

उहाँले थप्नुभयो, “नयाँ मन्त्रीमण्डलले मुलुकको समृद्धि र सबैलाई सुरक्षा प्रदान गर्नुका साथै देशका अल्पसङ्ख्यक ‘किवि’ समुदायको उत्थानका लागि अवसर प्रदान गर्न लागि पर्नेछ भन्ने विश्वास छ ।” रासस÷एएफपी

वि.सं.२०७३ पुस ३ आइतवार १०:५४ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...