back

न्युजल्यान्डका प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

वि.सं.२०७३ पुस ३ आइतवार

579 

shares
GLOBAL IME AD
NTC AD

 ३ पुस,वेलिङ्टन । न्युजल्यान्डका नवनियुक्त प्रधानमन्त्री बिल इङ्गलिसले आइतबार आफ्नो मन्त्रीमण्डलमा फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री इङ्गलिसको प्रशासनिक सुधारतर्फको यो पहिलो कदम भएको जनाइएको छ ।

मध्य दक्षिणपन्थी मानिने सत्तारुढ दल – नेसनल पार्टीका ५४ वर्षीय बिल इङ्गलिसलाई पार्टीले सर्वसम्मतिबाट छ दिन अघि प्रधानमन्त्री पदमा नियुक्त गरी पदभार सुम्पिएको थियो ।

यसअघि लगातार आठवर्षसम्म मुलुकको प्रधानमन्त्रित्वको दायित्व बहन गर्नुभएका लोकप्रिय नेता किले पारिवारिक कारण देखाई राजीनामा दिनुभएकाले इङ्गलिसलाई नवनियुक्ति दिइएको हो ।

आगामी वर्ष सम्पन्न हुन गइरहेको आम निर्वाचनमा प्रधानमन्त्री पदका लागि नै उम्मेदवारी दिन लाग्नुभएका प्रहरी मामिलामन्त्री जुडिथ कोलिन्सलाई पदभार मुक्त गरिएको छ भने केही मन्त्रीहरुको मन्त्रालय मात्र फेरबदल गरिएको छ ।

त्यस्तै, उपप्रधानमन्त्री पदमा पाउला बेनेटलाई नयाँ नियुक्ति दिई प्रहरी मामिला मन्त्रालय उहाँलाई जिम्मा लगाइएको छ ।

वर्तमान विदेशमन्त्री मुर्रे म्याककुल्लिले आगामी आम निर्वाचनमा नउठ्ने घोषणा गर्नुभएकाले उहाँलाई हाल सोही पदमा कायम गरिएको र आउँदो मे महिनामा उहाँको बदला अन्य कसैलाई नियुक्ति दिइने जनाइएको छ ।

वर्तमान आर्थिक विकासमन्त्रीलाई पनि हटाई स्टिभन जोयसलाई नयाँ नियुक्ति दिई सो मन्त्रालय र राष्ट्रको अर्थतन्त्र हाँक्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै लगातार चार पटकसम्म सांसदमा विजयी रहनुभएका खाद्य सुरक्षामन्त्री जो गुडह्युलाई हटाइएको छ भने वर्तमान मन्त्रीमण्डलका अन्य सदस्यद्वय साम लोटु–लिगा र क्रेग फोसले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्नु अगाडि नै राजीनामा दिनुभएको छ ।

“नयाँ मन्त्रीमण्डलको समूह सबै चुनौती सामना गर्न सक्षम रहने र सरकारलाई सफल बनाउने अपेक्षा गरिएको” इङ्लिसले बताउनुभयो ।

उहाँले थप्नुभयो, “नयाँ मन्त्रीमण्डलले मुलुकको समृद्धि र सबैलाई सुरक्षा प्रदान गर्नुका साथै देशका अल्पसङ्ख्यक ‘किवि’ समुदायको उत्थानका लागि अवसर प्रदान गर्न लागि पर्नेछ भन्ने विश्वास छ ।” रासस÷एएफपी

वि.सं.२०७३ पुस ३ आइतवार १०:५४ मा प्रकाशित

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै...