back

आत्मघाती हमला कम्तीमा तीस सुरक्षाकर्मीको मृत्यु

वि.सं.२०७३ पुस ३ आइतवार

897 

shares

३ पुस,एडेन। यमनको दक्षिणी सहर एडेनमा आइतबार एक समूह लक्षित आत्मघाती बम हमलामा परी कम्तीमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको सैनिक र चिकित्सक अधिकारीहरुले जानकारी दिएका छन् ।

अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिवीरमा जम्मा भएका सैनिकहरुको बीचमा नै आत्मघाती आक्रमणकारी बसि विस्फोट गराएको जनाइएको छ ।

आफ्नो तलब लिनका लागि भेला भएका सुरक्षाकर्मीहरुलाई लक्षित भएको यस आक्रमणमा परी अन्य कैयौँ घाइते भएका स्रोतले जानकारी दिएको छ ।

एडेनमै इस्लामिक स्टेट (आइएस) जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएको एक घटनाको आठ दिनपछि पुनः सैनिक लक्षित अर्को आत्मघाती बम हमला भएको छ ।

यमनी अधिकारीहरुले यस युद्धग्रस्त देशको दक्षिणी तथा पूर्वी क्षेत्रमा गतिविधि बढाइरहेका जिहादीका विरुद्ध तीव्र कारबाही सुरु गरेका छन् ।

सरकार र यमनको हुथी विद्रोहीबीचको द्वन्द्वको कारण आइएस र अल कायदा विद्रोहीहरुले फाइदा उठाइरहेका छन् ।

साउदी अरेबियासँग आबद्ध संयुक्त सेनाले सन् २०१५ को मार्च महिनाबाट हुथी विद्रोही विरुद्ध कारबाही जारी राखेका छन् ।

यमनमा जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्ति मारिएका छन् । जसमा आधा जसो सर्वसाधारण नागरिक रहेका छन् । रासस÷एएफपी

वि.सं.२०७३ पुस ३ आइतवार १०:५५ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...