back

यस्तो छ आजको राशिफल, हेर्नुहोस्, कुन राशिकालाई छ त आज शुभ ?

वि.सं.२०७६ चैत १३ बिहीवार

477 

shares
GLOBAL IME AD
NTC AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रयत्न गरेको काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । व्यापारले फाइदा दिनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । खर्च लागे पनि आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ । सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि काम रोकिन सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । तर केही समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दुस्ख पाइनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फाइदा मात्र हेर्दा आलोचित भइनेछ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मेहनतले सम्मानित स्थान दिलाउनेछ । अध्ययन र लेखनमा प्रगति हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सम्पादित कामबाट मनग्य लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ ।

चैत १३ मार्च २६
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस यस्तो छ तपाईको आज (चैत १२ गते) को राशिफल

वि.सं.२०७६ चैत १३ बिहीवार ०७:५९ मा प्रकाशित

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट...