back

सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा

वि.सं.२०७६ चैत १३ बिहीवार

540 

shares
GLOBAL IME AD
NTC AD

१३ चैत, सिन्धुली। बुधबार थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हो । सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि बुधबार अस्पतालमा आएका थिए । उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार ती बिरामीका छोरा १४ दिनअघि दुबईबाट नेपाल आएका थिए । उनी परिवारको सम्पर्कमा आएको चार दिनपछि पिता बिरामी परेका हुन् । उनलाई कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कामा आइसोलेशनमा राखी उपचार गरिएको र उनको स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भएको डा राजभण्डारीले बताए । उनको परिवारलाई सम्पर्क गर्ने कोशिश भइरहेको र फेला परेपछि सेफ क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ ।

अस्पतालले मङ्गलबार कमलामाई २ का एक १९ वर्षीय युवकलाई आइसोलेशनमा राखेर उपचार शुरु गरेको थियो । भारतमा नै ज्वरो आएको अवस्थामा उनी घर आएका थिए ।

वि.सं.२०७६ चैत १३ बिहीवार ०७:४१ मा प्रकाशित

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

काठमाडौं । नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको...

दक्षिण कोरियामा रोजगारी वृद्धि

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि...

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका...

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...