back
CTIZAN AD

सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा

वि.सं.२०७६ चैत १३ बिहीवार

933 

shares

१३ चैत, सिन्धुली। बुधबार थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हो । सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि बुधबार अस्पतालमा आएका थिए । उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार ती बिरामीका छोरा १४ दिनअघि दुबईबाट नेपाल आएका थिए । उनी परिवारको सम्पर्कमा आएको चार दिनपछि पिता बिरामी परेका हुन् । उनलाई कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कामा आइसोलेशनमा राखी उपचार गरिएको र उनको स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भएको डा राजभण्डारीले बताए । उनको परिवारलाई सम्पर्क गर्ने कोशिश भइरहेको र फेला परेपछि सेफ क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ ।

अस्पतालले मङ्गलबार कमलामाई २ का एक १९ वर्षीय युवकलाई आइसोलेशनमा राखेर उपचार शुरु गरेको थियो । भारतमा नै ज्वरो आएको अवस्थामा उनी घर आएका थिए ।

वि.सं.२०७६ चैत १३ बिहीवार ०७:४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...