१३ चैत्र । कोरोनाभाईरसबाट न्यूयोर्कका चर्चित ईण्डियन सेफ फ्लोएड कार्डोजको निधन भएको छ ।
५९ वर्षीय फ्लोएड कार्डोजको बुधवार मार्च २५ तारिखमा न्यूजर्सीमा निधन भएको हो।आफ्नो जन्मथलो भारतको मुम्बईमा डेभ चांगको नेतृत्वमा नेटफ्लिक्सको शो युगली स्वादिष्टको दोस्रो सत्रमा सुटिंग सकाएर मार्च ८ तारिख न्यूजर्सी फर्केका उनी साधारण ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए।
ऋषि कपुर, सोनाम कपुर लगायतका कलाकारहरुले उनको मृत्युमा दुःख व्यक्त गर्दै टिव्ट गरेका छन् । उनीहरुले भनेका छन् ‘तपाईंले हाम्रो लागि बनाएको खानाको कदर गर्नेछौं’ ।
रेष्टुरेन्टहरू सञ्चालन गर्ने कम्पनी हंगर इंकले जारी गरेको विज्ञप्तिले केही दिन अघि यो कुरा पुष्टि गरेको थियो कि शेफले न्युयोर्कमा परिक्षण गर्दा कोरेना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । यो कुरा तत्काल मुम्बईको स्वास्थ्य विभागलाई समेत सूचित गरिसकेको हंगर इकले जनाएको छ ।
सन् २०११ मा Bravo टिभिको Top Chef Masters सिजन-३ को टप सेफ पुरस्कार बिजेता कार्डोजको न्यूयोर्क शहरमा तबला, नर्थ ईन ग्रिल, पाववाला, बम्बे ब्रेड बार सफलतापूर्वक संचालन गर्दै आएका थिए।
कार्डोज मुम्बईमा जन्मेका थिए र उनले बायोकेमिस्ट बन्ने प्रशिक्षण लिएका थिए, तर पछि खाना पकाउने काममा उनले उत्कटता फेला पारे। उनी भारत र स्विजरल्याण्डको पाक स्कूल पछि न्युयोर्क शहर पसेका थिए ।
वि.सं.२०७६ चैत १३ बिहीवार ०७:१६ मा प्रकाशित






























