back
CTIZAN AD

कोरोनाको कहरः मातृभूमिलाई सहयोग गर्न जुटे कोरियाका नेपाली, छिट्टै आवस्यक उपकरण पठाइने

वि.सं.२०७६ चैत १२ बुधवार

1.2K 

shares

१२ चैत,सौल, दक्षिण कोरिया । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले विश्वनै आक्रान्त बनाएको छ । बिशेष गरि अर्थब्यबस्था मजबुत भएका मुलुकमा हजारौंको संख्यामा देखिएको कोरोना भाईरसले हाम्रो देश नेपालमा पनि कोरोना संक्रमण पूर्ण रुपमा जोगिन सकेन ।

नेपालमा आजसम्म ३ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ भने यो क्रम बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैलाई मध्यनजर गर्दै देश दुखेको बेलामा असल नागारिकको कर्तब्य पुरा गर्न परदेशबाट सरकारलाई सहयोग गर्नको निमित्त एनआरएनए दक्षिण कोरिया लगायत कोरियामा रहेका स्वतन्त्र सामाजिक अभियान्ताहरु संयुक्त अभियानमा एनआरएनए कोरियाका उपाध्यक्ष यदु लामिछानेको संयोजकत्वमा समिति बनाई अभियानको संचालन गरेको छ ।

सहयोग संकलन अभियानका संयोजक यदु लामिछानेले यो दुखद घडीमा सम्पूर्ण कोरियाबासी नेपालीहरुले सहयोग गर्न अनुरोध गर्दै भनेका छन, ‘तपाईहरुले दिनुभएको सहयोगलाई अत्यन्तै पारदर्शी हिसाबले सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
दक्षिण कोरियाबासी नेपालीहरुसंग सहयोग संकलन गरि छिटोभन्दा छिटो दक्षिण कोरियाबाट कोरोना नियन्त्रणमा आवश्यक उपकरणहरु पठाउने निर्णय गरिएको छ ।

कोरियाबासी जनसमुदायले राज्यमा परेको बिपत्तिमा सहभागि भई सहयोग गरिदिन हुन समितिले अनुरोध गरेको छ ।
प्रति किट्स २० डलर पर्ने एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुबेदिले जानकारि गराएका छन । सबैतिर सोध खोज र कानुनी परामर्शका साथै कोरियाको किट्सको नेपालमा प्रयोग हुने बारेमा, उक्त किट्सको चेक पनि गरिसकिएको कुरा पनि जानकारी दिएका छन् । साथै किट्स निर्माता कम्पनिसगं आवश्यक परामर्श गरिसकेको र सामान अंडर गर्न मात्र बाकि रहेको कुरा अध्यक्षले जानकारी दिए । कोरियामा रहेको ४० हजार मध्ये २ हजार जनाले मात्र एक किट्सको दरले सहयोग गरेमा पनि नेपालमा हालको समस्यामा केहि राहत हुने देखिने भन्दै सहयोगका लागि अनुरोध गरिएको छ ।

‘कोरियाबासी मानुभाबहरु अत्यन्तै मनकारी भएकोले दिल खोलेर सहयोग गर्ने आसा रहेको अभियानका संयोजक तथा एनआरएनएका उपाध्यक्ष यदु लामिछानेले बताएका छन्।

यी हुन्  समितिका पदाधिकारीहरु
यदु लामिछानेको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा अभियन्ताहरु सहकोषाध्यक्ष सन्तोष खड्का, महिला संयोजक सुभद्रा पालुङवा, सचिब मनोज गौतम र स्वतन्त्र अभियान्ताहरुमा गुरुदत्त न्यौपाने, मिन बिक, राजु श्री ,डोलिन के सी र अर्जुन बराल रहेका छन् ।

वि.सं.२०७६ चैत १२ बुधवार २२:०३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...