
१२ चैत, न्युजिल्याण्ड । गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले कोरोना भाइरसबाट न्युजिल्याण्ड पनि प्रभावित भएको बताउँदै यस विषम परिस्थितिमा नेपाली समुदायलाई साथ र सहयोग गर्न संघ तयार रहेको बताएको छ ।
संघले एक सूचना जारी गर्दै कोभिड १९ बारे सोमबार जारी एर्लट लेवलको घोषणापछि सारा न्युजिल्याण्डवासी नेपाली समुदाय पनि प्रभावित भएको बताउँदै सहयोग र सल्लाहका लागि निम्न फोनमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
जसका लागि प्रदिप रुपाखेती ०२१ ०२७ ११५ ०७, बाल कुमार गोले ०२१ ०२३ ६६९ ३६, नारद कुँवर ०२१ ९४५ ७३७,
उद्धब अधिकारी ०२१ १५५ ७४७२ (०९ ८२० ०३४१) बिपन भण्डारी, ०२१ ५६२ २८१, भावना नेपाल ०२७ २६२ ४२०९ र कमल बसेलको ०२७ ४७७ ५०७२ को फोन नम्बरमा कल गर्न सकिनेछ ।
त्यसैगरी कसैलाई न्युजिल्याण्ड सरकारद्वारा घोषणा गरिएको आर्थिक सहयोग (business support package, wage subsidy, leave payment) सम्बन्धि सर सल्लाह चाहिएमा न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष दिपेन्द्र के। सी ९०२१ १८८ ५४१९० र सचिव बिरेन्द्र कार्की ९०२१०८ ३२७ ९५३० लाई सम्पर्क गर्न सकिनेछ ।
‘कोविड–१९ को प्रकोप र यसबाट उत्पन्न हालको विषम परिस्थितिमा न्युजिल्याण्डमा हुनुभएका हाम्रा सबै नेपाली जनसमुदाय समक्ष आफ्नो, परिवारको र नेपाली समुदायका साथ साथै न्युजिल्याण्डका सबै समुदायहरुको कल्याणका बारे सोच विचार गर्नु हाम्रो कर्तब्य हुन आउने कुरा अवगत गराउन चाहन्छौं’ संघका अध्यक्ष लाल के. सीले भनेका छन्, ‘यो विश्वभरी नै फैलिएको र हामी न्युजिल्याण्डबासी सबैलाई आईपरेको विपद हो । यस विपदको घडीको हामी सबैले मिलेर सामना गरे मात्र यसबाट पार पाउन सम्भव हुन्छ । तसर्थ हामी नेपली जनसमुदाय एकजुट भई यस परिस्थिको सामना गरौँ । दह्रो बनौं, दयालु रहौं । एक अर्कालाई हेर विचार गरौँ । आउनुहोस्, सबैसँग हातेमालो गरि यस परिस्थितिबाट पार लगाउने छौँ भन्ने संकल्प गरौँ ।’
त्यस्तै संघले न्युजिल्याण्ड सरकारले जारी गरेका सूचनाहरुले सबैको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने हुनाले तिनका बारे समयमै जानकार रहनु अत्यन्तै महत्वपूर्ण हुने तथा सरकारद्वारा जारी नियमहरुको पूर्णपालना गर्नु सबैको दायित्व रहेको बताएको छ । तसर्थ कोविड १९ सँग सम्बन्धित आधिकारिक जानकारी बारे समयमै सू–सुचित रहन पनि संघले अनुरोध गरेको छ ।
यसैबीच संघले कोविड–१९ र यसको प्रभावबारे हाल सम्म ( नेपाली दूतावास, क्यानबेरासँग समन्वय गरेर काम गरिरहेको तथा सात सदस्यीय सहयोग संपर्क समितिको गठन, न्युजिल्याण्डका नेपाली संघ संस्थाहरुसंग समन्वय, संघको अन्तरराष्ट्रिय समिति (आइसीसी) सँग निरन्तर समन्वय गरिएको जानकारी दिएको छ ।
संघले नेपाली दूतावास, क्यानबेराका राजदूत महेश राज दाहाल र संघका प्रतिनिधिहरुसहितको बैठक आगामी शनिवार (२८ मार्चमा) भिडियो कन्फरेन्सको माध्यमबाट हुने जानकारी दिदैँ वैठकमा हालको अवस्थामाथि छलफल गरिने बताएको छ ।
बैठकमा राजदूतसमक्ष न्युजिल्याण्डबासीको कुनै अनुरोध वा प्रश्न छन् भने आउदो शुक्रवार (२७ मार्च) सम्ममा संघलाई जानकारी गराउनु अनुरोध गर्दै यसका लागि ०२७ ४८४८ ६३९ मा सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ ।
वि.सं.२०७६ चैत १२ बुधवार २१:१८ मा प्रकाशित