back
CTIZAN AD

साथी हो, ह्विस्कीले कोरोना भाइरसलाई मार्दैन

वि.सं.२०७६ चैत १२ बुधवार

789 

shares

 

म किन यो भनिरहेछु भने कोरोना संक्रमणको नियन्त्रण गर्न घरभित्र बस्ने तर लिभर संक्रमणले अस्पताल जानुपर्ने धेरै भइयो भने अर्को संकटकाल आपतकाल निम्त्याउँछ ।

संसारभर सम्वन्धित सबै सरकारले बाहिर हिँडडुल गर्न रोक प्रतिबन्ध लगाएको कोरोना भाइरस रोक्न हो । साथै इम्युन बढाउन पनि हो । आफू जन्मेको गाउँमा बिहान फोन गरें । नेपालमा दिउँसोको खाजा खाने बेला भएको थियो । साथी हरुलाई कस्तो छ भनि सोधे धादिङ मलेखुमा । एक जना मित्रले त घर भित्र नजरबन्द होलिडे ह्विस्की र वियर खाएर मनाइरहेका बसिरहेका छौं भन्नु भयो ।

वहाँले ह्विस्कीले स्यानिटाइजरको काम गर्दो रहेछ । बाहिर हातमा लगाएर साबुन पानीले हात धोए ह्विस्कीले कोरोना भाइरस मार्छ भन्नुभयो । ह्विस्की शरिर भित्र पुर्याए भित्रको कोरोना भाइरस मार्छ रे भन्नु यो । यसमा स्वास्थ्य संम्वन्धी जनचेतना बढाउनु पर्ने देखियो । लक डाउनलाई होलिडे पर्वको रुपमा केहि हद प्रयोग गरी वियर र ह्विस्की ड्रिंक गर्न थालेको देखियो । यो एक हद सहि होला वा गलत होला मलाई थाहा छैन । यो त स्वास्थ्यकर्मीले भन्ने कुरा हो । तर ह्विस्कीले शरिरभित्रको संक्रमण मार्ने काम गर्दैन । धेरै ह्विस्की प्रत्येक दिन खाँदा लिभरलाई क्षति पुर्याउँछ । धादिङ्ग मलेखुका अधिकांश मेरो साथीहरु होटल व्यवशाय गर्दछन् । हाउस लक अप होलिडे मानी प्रत्येक दिन ह्विस्की सेवन गर्दा अझै जोखिम निम्त्याउला ।

बेलायतमा रहेका मेरा केहि साथीहरु पनि घरभित्र २४ घण्टा बिताउन गाह्रो भयो । हामी त अलि अलि ह्विस्की शुरु गर्न लागेउँ भन्नु भयो । पिउने नपिउने तपाईंको अधिकारको कुरा हो। पिय पनि १ –२ पेग मात्र प्रिस्काइब अनुसार पिई दिनुहोला । बिशेष गरी जहाँ गए पनि यसो हेर्दा पिउने कम्पिटीशनमा हामीहरु अलि माथी नै छौं । म पनि त्यसमा पर्छु होला ! तर आजकाल निकै कम गरेको छु । तसर्थ सर्वत्र लकडाउन हुने नाममा नेपालको धेरै मानिसहरु यसो गरेका हुन सक्छन् र बेलायतमा हामी नेपाली हरुपनि ।

म किन यो भनिरहेछु भने कोरोना संक्रमणको नियन्त्रण गर्न घरभित्र बस्ने तर लिभर संक्रमणले अस्पताल जानुपर्ने धेरै भइयो भने अर्को संकटकाल आपतकाल निम्त्याउँछ । बिशेष गरि नेपालको ठेक्का पट्टा गर्ने व्यापारीहरु र राजनीतिज्ञहरुलाई यो पिउने लत बढि सर्वेक्षणमा देखिएको छ । यसलाई अन्यथा नलिई घरभित्र बस्दा इन हाउस एक्सरसाइज गरी पिउनै मन लागेमा १–२ पेग हुस्की मात्र पिईदिनु होला । किनकी यो सुन्दर संसार तपाईंको लागी हो । यो संसारमा रमाउन हामी पहिला बाचौं । अरुलाई पनि बचाऔं ।

वि.सं.२०७६ चैत १२ बुधवार १९:१० मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...