back
CTIZAN AD

डा.महाविर पुनले बनाएको ‘पिपिई’ मेडिकल काउन्सीलद्धारा स्वीकृत, छिट्टै ७ सय सेट तयार हुने

वि.सं.२०७६ चैत १३ बिहीवार

1.1K 

shares

१३ चैत, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले निर्माण गरेको कोरोना भाइरस संक्रमणका विरामी जाँच गर्दा लगाउने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसलाई मेडिकल काउन्सीलले स्वीकृति दिएको छ ।

नेपालमा अतिनै आवस्यक रहेको र टिचिङ अस्पताल काठमाण्डौं र बि.पी अस्पताल धरानबाट पनि त्यस्तो ड्रेसको माग रहेको र त्यो बनाउनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई जिम्मा आएको डा पुनले यसअघि सार्वजनिक रुपमै बताएका थिए ।

सोहि अनुरुप आविस्कार केन्द्रले तयार पारेको उक्त ड्रेसलाई मेडिकल काउन्सीलका अध्यक्ष डा. भगवान कोइरालाले इमरजेन्सीका बेला काम चल्ने जानकारी दिएको डा. पुनले संसारन्युजलाई बताएका छन् ।

‘आज विहान २ वटा बनाएर डा. भगवान कोइरालाजीलाई देखाएको थिए, उहाँले इमरजेन्सीका बेला काम चल्छ भन्नु भएको छ । दुई वटा गार्मेन्टलाई ७–७ सय मिटर सामग्री दिएको छु छिट्टै बन्छ ।’

डा. पुनले उक्त सामग्रीबाट ५ सय सेट बनाउन सकिने जानकारी दिँदै विदेशबाट सामग्री आयात नभइरहेको अवस्थामा बजारमा ‘रवराइज टपेटा’ नामक उक्त सामग्री खोजीरहेको पनि जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि तीनजनामा पृष्टी भइसकेको छ । त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न तयारी गरिरहेको अवस्थामा चिकित्सक र प्राविधिकले लगाउने उक्त ड्रेस अभाव भइरहेको समाचार आइरहेको थियो । डा.पुनको आविस्कार केन्द्रले उक्त ड्रेस बनाउने जिम्मा लिएको भन्दै डा. पुनले मंगलबार ड्रेस सिलाउने टेलरको आवस्यकता रहेको समेत बताएका थिए ।

वि.सं.२०७६ चैत १३ बिहीवार १८:१४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...