१४ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अचानक मनमोहन अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि विहिबार राति मनमोहन कार्डियो सेन्टर महाराजगन्जमा भर्ना गरिएको हो ।
सो अस्पताल सुत्रका अनुसार प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएकाले उनलाई भर्ना गरेर उपचार गरिएको छ ।
वि.सं.२०७६ चैत १४ शुक्रवार ०९:११ मा प्रकाशित






























