back
CTIZAN AD

समस्या आगनमा आइसक्यो सबै मिलेर सामना गरौं-नेता डा. चन्द्र भण्डारी

वि.सं.२०७६ चैत १४ शुक्रवार

873 

shares

१४ चैत, काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कोरोना भाइरसको समस्या आगनमा आइसकेकाले अब सम्पूर्ण संयन्त्र श्रोत साधन परिचालन गरि सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

नेता डा. भण्डारीले कोरोना भाइरस सम्बन्धी समस्याको जड विदेशबाट आउने नेपालीलाई समयमा व्यवस्थापन गर्न नसक्नु रहेको बताउँदै विमानस्थल लकडाउन गरिसकेको अवस्थामा अन्य सीमाबाट देशभित्र प्रवेश गर्ने मानिसमा निगरानी नबढाएमा चौतिर्फ समस्या आउने संकेत पनि गरेका छन् ।

‘चीन कोरोना संग जुधिरहँदा हामी गम्भिर हुन सकेनौं मानौं कोरोनाले हाम्रो उत्तरी सिमा पार गर्न सक्दैन । अब त समस्या आँगनमा आईपुग्यो । सबै एकजुट भई सम्पूर्ण संयन्त्र श्रोत साधन परिचालन गरि जिम्मेवारीपूर्ण तरिकाले कोरोनासंग लड्ने बाहेक उपाय छैन । समस्याको जड विदेशबाट आउने नेपालीलाई समयमा ब्यवस्थापन गर्न नसक्नु हो,’ सामाजिक संजालमा लेख्दै उनले भनेका छन्, ‘विमानस्थल लकडाउन गरे पछी अन्य सिमाबाट देश भित्र प्रवेश गरेका मानिसमा निगरानी नबडाएमा समस्या चौतर्फि हुन सक्दछ । तसर्थ विदेशबाट आएकाहरुको एकिन गरी त्यसलाई आधारमानी कोरोना स्क्रिनिङ्ग गरि संक्रमित र स्वस्थ छुट्टाई क्वारेन्टाइन गरि उपचार गर्नु पर्दछ । जनतालाई खाद्य सामग्री घरघरमा पुर्याउने व्यवस्था मिलाई गरिब, असहाय, मजदुर, बिरामीको विशेष ध्यान दिनु आवश्यक छ । सरकारले जनतालाई सतर्क र सचेत गराउदै विश्वास दिलाउनु पर्दछ निर्देशन मात्र जारी गरेर हुदैन । डाक्टर स्वाथ्यकर्मी सेना प्रहरीको सुझाव र सहयोगमा काम गर्नु पर्दछ र ब्यवस्थापन पक्षको जिम्मेवारी उनीहरुलाई दिनु पर्दछ । भयावह अबस्थाका अन्तिममा साथीहरु तिनीहरुनै हुन । सजग र सतर्क बनौं । नियमको पालना गरौं । यो मेरो समस्या हो । घरमा बसौं । तर यस्तो अबस्थामा कसैले पनि बदमासी गर्नु हुदैन जसले गर्दछ राष्ट्रद्रोहीमा कारवाही गर्नु पर्दछ ।’

वि.सं.२०७६ चैत १४ शुक्रवार ०८:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...