back

यस्तो छ तपाईको चैत १४ गतेको राशिफल, हेर्नुहोस् कुन राशिकालाई हुन्छ त आज लाभ ?

वि.सं.२०७६ चैत १४ शुक्रवार

423 

shares
GLOBAL IME AD
NTC AD

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काममा अलि बाधा हुनसक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ । भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा जिउधन जोगाउन सजग रहनुहोला । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ । उपहार र खानपानले दिन आनन्दमय रहनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ । सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ । व्यापारमा फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । दिगो काम हातलागी हुने समय छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ । तर कामले अरूको समेत उपकार गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । गुरुजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायी बन्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ ।

२०७६ चैत १४ शुक्रवार इ.स. २०२० मार्च २७
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ आजको राशिफल, हेर्नुहोस्, कुन राशिकालाई छ त आज शुभ ?

वि.सं.२०७६ चैत १४ शुक्रवार ०८:२३ मा प्रकाशित

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज फेरी स्थानैय बजारमा सुनको मूल्य बढेको छ...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका...