back
CTIZAN AD

अपेडट: बेलायतमा मृत्यु भएका अर्यालमा कोरोना भाइरस संक्रमण भएको पुष्टि,प्रवासमा मृत्यु हुनेको संख्या तीन पुग्यो

वि.सं.२०७६ चैत १३ बिहीवार

870 

shares

१३ चैत, बेलायत । युकेमा रहेका प्रशान्त अर्यालको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

चितवनको भरतपुर बसेनी निवासी ४० वर्षीय अर्यालको आइतबार राति क्विन एलिजावेथ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यसअघि हृदयघातका कारण मृत्यु भएको समाचार आएपनि उनको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको अस्पतालले बुधबार जानकारी दिएको हो । हाल अर्यालका परिवार पनि क्वारेन्टाइनमा रहेको बताइएको छ ।

बेलायतको साउथ ईस्ट पलमस्टेट बसोवास गर्दै आएका अर्याललाई ब्लडप्रेसर हाइको समस्या पनि रहेको बताईएको छ । तीन हप्ता पहिले नेपाल आएर बेलायत फर्किएका अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

अर्यालको असामयिक निधनले बेलायतको नेपाली समाज मर्माहत भएको नेपाली समाज नटिङ्गम युकेका संस्थापक अध्यक्ष रणबहादुर केसीले बताएका छन् ।

केसीले संसारभरी फैलिएको कोरोना भाइरसको महामारीले बेलायतका नेपाली पनि प्रभावित भएको बताउँदै यस परिस्थितिमा सहयोगका लागि नेपाली दूतावास बेलायत, एनआरएनए लगायतका बेलायतका नेपाली संघसंस्थाको सहकार्यमा विभिन्न सहयोग समिति गठन गरिएको समेत जानकारी दिएका छन् ।

स्मरण रहोस्, गत मंगलबार मात्रै बेलायतको साउथ ह्यारोमा बस्दै आएका पूर्व गोर्खा सैनिक ६५ वर्षीय लीला बहादुर राईको पनि मृत्यु भएको थियो । त्यस लगत्तै आइतबार अर्याल र मंगलबार अमेरिकामा रहेका अनिल लिम्बुको पनि भाइरस संक्रमणकै कारण मृत्यु भएको हो ।
यो संगै प्रवासमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ भने विभिन्न देशमा रहेका संक्रमित नेपालीको सख्या दर्जन पुगिसकेको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार २०:४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...