back
CTIZAN AD

एक महिना धैर्य गरौं कोरोनारुपी भेल सुकेर जानेछ-डा. रवीन्द्र पाण्डे

वि.सं.२०७६ चैत १६ आइतवार

1.8K 

shares

-घरभित्र बसौं । अत्यावश्यक काम परेपनि घरभित्रबाट ब्यबस्थापन गरौँ । जे छ, त्यहि खाने गरौँ ।

– इम्युनिटी पावर बढाऔं । घरभित्र व्यायाम, योग ध्यान गरौँ । सहज उपलब्ध हुन्छ भने भिटामिन सि, बि–१२, बि ६, जिंक, भिटामिन –डी को सेवन गरौँ । यी हाम्रो खानाबाट पनि पाइन्छ । घाममा बसौं । सकेसम्म प्राकृतिक आहार, बिहार र आचार पालना गरौँ । मन रमाइलो राखौं । चिन्ता तथा तनावलाई ब्यबस्थापन गरौँ । पाहुना संस्कृति स्थगित गरौँ ।

-थोरै र आधिकारिक समाचार फलो गरौँ ।

-कोरोना संक्रमण बिरुद्ध काम गरिरहेका सबैलाई उत्साहित गरौँ ।

-कोरोना भाइरसको फैलाबट तीब्र छ । तर, यसको मृत्युदर निकै कम छ । कोरोना संक्रमणबाट मर्ने भन्दा निको हुने तथ्यांक ठूलो छ । अधिकांश मृत्यु उन्मुख (उमेर मात्र मृत्युको फ्याक्टर हैन ) व्यक्तिहरुको निधन भएको छ । बाँचेको तथ्यांक पनि हेरौं, जानौं ।

-संसारमा जहाँ बसेपनि नेपालीको इम्युनिटी पावर अरुको भन्दा फरक छ ्र हामी दिनभर हिंड्न सक्छौं । उकालो चढ्न सक्छौं, रुख चढ्न सक्छौं, भोकप्यास सहन सक्छौं, बिरामी हुँदा पनि काम गर्न सक्छौं, हाम्रो आहार पनि अरुको भन्दा फरक छ, हामी दुखमा पनि हाँस्न सक्छौं …. यी सयौं तथ्यले भन्छ, हामीलाई झ्याप्प कोरोना संक्रमण हुँदैन । भएपनि थाहै नपाइ सन्चो हुन्छ । हामीले अदुवा, बेसार, कागती पानी, ज्वानो खाएको भरमा इन्फ्लुएन्जालाई हराउन सक्छौं ।

-कोरोना संक्रमण अहिले शिखरमा पुगेको छ । शिखरमा पुगेपछि ओर्लिनु प्राकृतिक नियम हो । अब यो ओर्लिदै जान्छ । हाम्रो कठिन समय १ महिना बाँकी छ । त्यसपछि यसको संक्रमण नियन्त्रणमा आउँछ ।

-सामान्यतया भाइरसका ३ वटा सिजन हुन्छन । गर्मी सुरु हुने बेला, जाडो सुरु हुने बेला तथा बर्खा याममा । बर्खायाममा कोरोना संक्रमण नियन्त्रमा आउँछ । त्यो भन्दा पहिले गर्मीमा यसको प्रसार रोकिनेछ । यी मौसममा आउने नयाँ भाइरसले कोरोना भाइरसलाई अट्याक गर्दछन ।

-लामो समय भाइरस रहंदा हाम्रो शरीरले त्योसंग लड्ने Antibody तयार गर्छ । त्यसपछि कोरोना संक्रमणलाई हाम्रो शरीरले परास्त गर्छ । पहिले महामारी भएका रोग अहिले हराउनुको प्रमुख कारण यहि हो । हाम्रो शरीरले आफुलाई बचाउने प्रणाली बिकास गरेको हुन्छ । त्यसैले आफूभित्र रहेको त्यो शक्तिलाई विश्वास गरौँ ।

-केहि समय पछि कोरोना संक्रमण सामान्य रुघाखोकीजस्तो हुनेछ ् यो महामारी इतिहास हुनेछ ।

-१ महिना आफुलाई रक्षा गरौँ, त्यसपछि हाम्रो शरीरले हामीलाई रक्षा गर्छ । आफुलाई रक्षा गर्ने ठूलो अस्त्र आत्मबल हो ्रआत्मबलले क्यान्सरजस्ता असाध्य रोग निको गर्छ भने कोरोना त भेल मात्र हो । भेल उर्लेर आउँछ, सुकेर जान्छ ।

कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन

वि.सं.२०७६ चैत १६ आइतवार १०:१९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...