back
CTIZAN AD

कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन

वि.सं.२०७६ चैत १० सोमवार

1.1K 

shares

चीन,युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन् । सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् ।

कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं । अन्य राष्ट्रले ठूलो विपदसंग लड्दा हामीकहाँ भर्खर २ वटा मात्र केस देखिएका छन् । एउटा गलत समाचारले हिंजो हामीलाई पेनिक बनायो भने आज फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा हामी निकै आत्तिएका छौं । हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ केस देखिन सक्छ भन्ने । सयजना कोरोना संक्रमणका केस देखिएमा ८५ जनालाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ प्रतिशत मध्ये १० प्रतिशतलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ । अनि ५ प्रतिशतलाई आइसीयुमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ती १०० जना संक्रमितमा मृत्यु हुने २–३ जना मात्र हुनेछन् ।

विश्वको डाटा हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ…. हरुको मृत्यु भएको देखिन्छ ।

तसर्थ कोरोना संक्रमणका केस बढे भनेपनि आत्तिनु पर्दैन । कोरोना संक्रमण पोजिटिभ केस बढ्दै जान सक्छन भनेर हामी मानसिक रुपमा तयार हुनुपर्छ । सतर्क र सजग हुनुपर्दछ । हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा मात्र हुन्छ । पूर्व तयारी गरौँ, पेनिक नबनौं ।

वि.सं.२०७६ चैत १० सोमवार १९:११ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...