back
CTIZAN AD

बेलायतमा एक नेपाली युवाको उपचारका क्रममा मृत्यु

वि.सं.२०७६ चैत १० सोमवार

1.1K 

shares

१० चैत, बेलायत । बेलायतमा रहेका एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

चितवनको भरतपुर बसेनी निवासी ४० वर्षीय प्रशान्त अर्यालको आइतबार राति क्विन एलिजावेथ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनमा ब्लडप्रेसर हाइको समस्या रहेको बताइएको छ ।

बेलायतको साउथ ईस्ट पलमस्टेट बसोवास गर्दै आएका अर्यालको असामयिक मृत्युले मर्माहत भएको भन्दै नेपाली समाज नटिङ्गम युकेका संस्थापक अध्यक्ष रणबहादुर केसीले दुःख व्यक्त गरेका छन् ।

अर्यालको असामयिक मृत्युको खबरले अत्यन्त दुखी र मर्माहत भएको बताउँदै केसीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
स्मरण रहोस् तीनदिन अगाडि मात्र बेलायतमा कोरोनाको संक्रमणका कारण ६५ वर्षीय पुर्वगोर्खा सैनिक लीला बहादुर राईको मृत्यु भएको थियो ।

वि.सं.२०७६ चैत १० सोमवार १९:५० मा प्रकाशित

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...