back
CTIZAN AD

कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक लगायतका कर्मचारीलाई २५ लाख सम्मको निःशुल्क विमा

वि.सं.२०७६ चैत १६ आइतवार

828 

shares

१६ चैत, काठमाण्डौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला, स्वास्थ्यसेविका, स्वयमसेवक तथा स्वयमसेविका, श्रमिक, एम्बुलेन्स चालक तथा प्रत्यक्षरुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्त सम्मका लागि रु २५ लाख सम्मको निःशुल्क विमा र क्षतिपुर्ति दिने व्यवस्था गने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना उपचारका क्रममा आवस्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरणहरु निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै निजी स्वास्थ्य संस्थालाई आवस्यक स्वास्थ्य उपकरणको आपूर्तिको सुनिश्चितता गरी आफ्ना सबै प्रकारका स्वास्थ्य सेवा सूचारु राख्न र सवै प्रकारका सेवा शुल्कमा चैत्र मसान्त सम्मको विल बमोजिमको रकममा २० प्रतिशत छुट दिइने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी सरकारले क्वारेन्टिनमा बस्नेहरुको खाना खाजा खर्च स्थानीय तथा संघीय सरकारले व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार २२:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...