
१६ चैत, काठमाण्डौं । नेपाल सरकारको आइतबार बसेको बैठकले कोरोना भाइरसबाट प्रभावित भइरहेको बेला भाडा नलिन घरधनीलाई आग्रह गरेको छ ।
सहरी क्षेत्रमा रहेका असंगठित श्रमिकहरुले भुक्तानी गर्नुपर्ने १ महिनाको घरभाडा सम्बन्धीत घरधनीलाई मिनाह गर्न अनुरोध गरिने यसरी मिनाह गरिएको घर भाडामा घरबहाल कर नलिने व्यवस्था गर्ने बताइएको छ ।
त्यसैगरी निजी विद्यालयहरुले माध्यमीक तहसम्मको एक महिनाको शुल्क मध्ये आव शुल्क बाहेक अरु सबै प्रकारको शुल्क छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
वि.सं.२०७६ चैत १६ आइतवार २२:२४ मा प्रकाशित