back
CTIZAN AD

जर्मनीमा कोरोनाको कहरः हेसन राज्यका अर्थमन्त्रीद्धारा आत्महत्या

वि.सं.२०७६ चैत १६ आइतवार

903 

shares

१६ चैत, जर्मनी। कोरोना भाइरसको महामारी त्यसले विश्व अर्थतन्त्रमा नराम्ररी असर पारेको छ । कोरोना भाइरसका कारण गिर्दै गरेको अर्थतन्त्रका कारण जर्मनीको हेसन राज्यका अर्थमन्त्री थोमसर शेफरले आत्महत्या गरेका छन् ।

कोरोना भाइरसका कारण आर्थिक क्षेत्रमा समस्याको सामना गरिरहेका अर्थमन्त्री ५४ वर्षीय थोमस शनिबार आत्महत्या गरेका हुन् । उनी आइतबार रेलको लीगमा मृत भेटिएका थिए । राज्यका प्रमुख वोल्कर बाउफरले आइतबार उक्त कुराको जानकारी दिँदै अर्थमन्त्री रेलको लीगमा मृत भेटिएको बताएका हुन् ।

Wiesbaden अभियोजन कार्यालयका अनुसार उनले आत्महत्या गरेर मृत्यु रोजेका हुन् । ‘हामी पीडामा छौं । हामीलाई विस्वास लागिरहेको छैन । हामी अत्यन्तै दुखी छौं । प्रमुखले यसकुराको जानकारी दिँदै भनेका छन् ।

१० वर्षसम्म अर्थमन्त्री रहेका शेफरले महामारीका कारण परेको आर्थिक प्रभावसँग लड्नका लागि कम्पनी र श्रमिकहरुको सहयोगको लागि सहयोग गर्न ‘दिन रात’ काम गरिरहेको पनि प्रमुख बाउफिरले बताएका छन् ।

कोरोना क्राईसिसको तनावको कारणले उनले आत्महत्या गरेको हुनसक्ने त्यहाँको प्रहरीहरुले बताएका छन्। हेसेन मध्य जर्मनीको १४ मध्ये एक राज्य हो। हेसेनको राजधानी बिसबाडेन हो। हेसेन संघीय जर्मनीको सबैभन्दा ठूलो व्यापारिक शहर फ्यांकफर्ट अन्तर्गत रहेको छ । ५४ बर्षीय मंत्री थोमस जर्मन चान्सलर एन्जेला मार्केलको पार्टी सीडीयु पार्टीका नेता समेत हुन् ।

उनी जर्मन चान्सर्लर मर्केलको नजदिकका सहयोगी रहेको तथा उनी अत्यन्तै दुखित रहेको प्रमुख बाउफियरले स्वीकारेका छन् । यस कठिन समयमा उनीजस्ता अर्का व्यक्तिको आवस्यकता रहेको पनि बाउफियरले बताएका छन् । यद्यपी उनको मृत्यु या आत्महत्या भन्ने बारेमा थप पुष्टि हुन बाँकी रहेको बताइएको छ । एएफपी

https://www.straitstimes.com/world/europe/german-minister-commits-suicide-after-virus-crisis-worries

वि.सं.२०७६ चैत १६ आइतवार २३:०८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...