back
CTIZAN AD

नेकपा संसदीय दलले कोरोना कोषमा १४ लाख ८० हजार जम्मा गर्ने

वि.सं.२०७६ चैत १७ सोमवार

909 

shares

१७ चैत्र, कास्की । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा रु १४ लाख ८० हजार १३० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताइएको छ ।

त्यसैगरी प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छाअनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको दलका सचेतक गायत्री गुरुङले बताइन् । “हामीले हाम्रो दलको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिना, प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन र अधिकतम इच्छानुसार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेका छौँ”, सचेतक गुरुङले बताइन् । नेकपाको तर्फबाट गण्डकी प्रदेशसभामा ४० सदस्य छन् ।

त्यसैगरी प्रदेश सरकारले नियुक्त गरेका पदाधिकारीहरुले समेत उक्त कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्नेछन् । सरकारले नियुक्त गरेका गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, प्रदेश नीति तथा योजना आयोगका सदस्यद्वय डा विष्णुराज बराल र डा भीमा ढुङ्गानाले सहयोग रकम उपलब्ध गराउने छन् ।

प्रदेश पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ, प्रदेश प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज पाण्डे, ताल विकास प्राधिकरणका प्रमुख डा अनुप गुरुङ, मुख्मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने, स्वकीय सचिवद्वय सूर्यप्रसाद गुरुङ र एलिना गुरुङले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने बताइएको छ ।

एकता बचतबाट एक लाख एक हजार सहयोग

त्यसैगरी एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१५ ले आइतबार प्रदेश सरकारले स्थापना गरेको कोषमा रु एक लाख एक हजार १११ जम्मा गरेको छ । सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउछामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हो । ।

यही चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेपछि अहिले विभिन्न व्यक्ति तथा निजी सङ्घसंस्थाबाट समेत रकम जम्मा गर्ने क्रम शुरु भएको छ । प्रदेश सरकारले चैत १४ गते सार्वजनिक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा ‘कोरोना भाइरस नियन्त्रण र उपचार कोष’का नाममा खोलिएको खाता नं ३०२०००१८८३०१ मा इच्छुक व्यक्ति तथा संस्थालाई रकम जम्मा गर्न आह्वान गरेको थियो ।

वि.सं.२०७६ चैत १७ सोमवार ०८:१३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...