back
CTIZAN AD

बेलायतमा योमरी प्रतिश्पर्धा, श्रेष्ठ र शाक्य टिमको जित

वि.सं.२०७३ पुस ४ सोमवार

1.2K 

shares

yomari3
लण्डन । योमरी पुन्हीको अबसरमा बेलायतमा योमरी कम्पीटिशन २०१६ भएको छ ।
नेवारसमुदायहरुको पहिचान र परम्पराको प्रतिक बनेको योमरी पुन्हीको अवसमा डिसेम्बर १७ का दिन लण्डनको लोटस क्लवमा भव्य तथा सभ्य रुपमा सांस्कृतिक कार्यक्रम सहित योमरी कम्पिटिसन २०१६ सम्पन्न गरिएको हो ।

yomari5
पासाः पुच गुठी साउथ इष्ट लण्डनको आयोजनामा भएको उक्त योमरी कम्पिटिसन २०१६ को च्याम्पियनसीप गायत्री श्रेष्ठ र सुवास्ना शाक्यको टीम बनेका छन् । श्रेष्ठ र शाक्यले पासाःपुच गुठी साउथ इष्ट लण्डन युकेको टीमवाट प्रतिनिधित्व गरेका थिए । साथै रनर योमरी च्याम्पियनसीप २०१६ पासा पुच गुठी रिडिङ्ग युके टीमवाट रञ्जना श्रेष्ठ र रजनी श्रेष्ठ बनेका छन् ।

yomari4gif
त्यस्तै योमरी कम्पिटिसनै अबसरमा सांस्कृतिक कार्यक्रम पनि भएको सम्पन्न भएको छ । सांस्कृतिक कार्यक्रममा नेपालको मौलिक भैरब नाचको अलावा विनोद चिपालुले आकर्षक लाखे नाच प्रस्तुत गरेका थिए ।

yomari2
बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदी र फस्ट नेपाली लेडी पूनम सुवेदीको प्रमुख आतिथ्यता तथा पासा पुच गुठी साउथ इष्ट लण्डन युकेका अध्यक्ष सुशील प्रजापतिको सभापतित्वमा संपन्न भएको उक्त कार्यक्रममा बरिष्ठ कवि एवंम लेखक कविताराम श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

yomari1

वि.सं.२०७३ पुस ४ सोमवार ०३:२५ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...