सुदूरपश्चिम (सुप) सेवा समाज यूएईको अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवीप्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठितरुपले अघाडि बढ्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो पहिलो कार्यकाल सफलता पूर्वक पुरा गरी आगामी कार्यकालका लागि चेत बहादुर थापा ‘चेतन’को अध्यक्षतामा १९ सदस्यिय कार्यसमिती चयन गरेको छ ।
यूएईको अलऐनस्थित सुन्दर रमणिय पहाडको फेदतिर शान्त बातावरण हरियाली चौर भएको ग्रीन मुबजर्हा पार्कमा १६ डिसेम्बर २०१६ शुक्रबार दिन संस्थाका निबर्तमान अध्यक्ष शिवराज जैशीको अध्यक्षतामा तथा नेपाली दुताबास यूएईका लेखापाल पदम बहादुर बोगटीको प्रमुख आतिथ्यतामा अघाडी बढेको सो कार्यक्रममा बिशेष अतिथीमा नेपालबाट आउनु भएका होटेल डिभोटी धनगढीका संचालक तथा पर्यटन ब्यबसायी कृष्ण महरा रहनु भएको थियो ।
बुद्धिजिबी, समाजसेवी, ब्यबसायी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा अलऐन क्षेत्रीय समितीका अध्यक्ष दिनेश महराले उपस्थित अतिथी तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने संस्थाका महासचिब मानबहादुर केसी ‘मुस्कान’ले संस्थाको प्रतिबेदन पेश गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले दुई बर्षमा गरेका सम्पूर्ण कार्यको बिबरण छर्लङ पार्दै यूएईमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई यो समाजमा जोड्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोगटीले यूएईमा कार्यरत सुदूर पश्चिमबाशीहरुको एकता देखेर आफु धेरै खुशी भएको र सो कार्यक्रममा एक बेग्लै अनुभब लिएको जिज्ञासा राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले दुई बर्षको छोटो अबधिमा नै गरेका उल्लेखनिय कार्यको खुलेरै प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै बिशेष अतिथी कृष्ण महराले आफ्नो बिचार राख्दै यूएई आएर सुदूरपश्चिम बासीको मिलोमतो देखेर नयाँ पाठ सिक्ने अवशर मिलेको भावना ब्यक्ता गर्दै नेपालमा कुनै पनि संघसंस्था या पार्टीका संगठनका अधिबेशनहरुमा स्वार्थका लागि एकै पदमा १०/१२ उम्मेद्बारी पर्ने तर यहाँ त सबै सर्बसम्मत र सहमति मै भएको देख्दा सार्है खुशी भएको जिज्ञासा राख्दै आउँदा दिनमा पनि बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा र नेपालमा हुने आपत्ति र बिपत्तीमा सधैं यसरी सहयोग गर्दै गरोस् समाजमा यस्तै मिलोमतो कायम रहोस् भनि शुभकामना दिनु भएको थियो ।
अन्य बक्ताहरुमा संस्थाका निबर्तमान अध्यक्ष शिवराज जैशी, संस्थाका सल्लाहाकार तथा अधिबेशन समितीका संयोजक लक्ष्मण अधिकारी, संस्थाका निबर्तमान सल्लाहाकार लोकेन्द्रबहादुर बम, नव निर्बाचित अध्यक्ष चेतबहादुर थापा ‘चेतन’ ले आ-आफ्नो बिचार राखेका थिए ।
सुप बासी एकजुट भया मनमा लाग्यो हर्ष
सेवा मुलक काम गर्दाई गया यि दुई बर्ष
मिलोमतो यसै रहोस् मनमुटाब घट्दै जाउ
सुपको यो परिवार दिन दिनै बढ्दै जाउ
नौ जिल्लाको सुपसेस आहा कती राम्रो
सक्किदो सहयोग गर्नु कर्तब्य हो हाम्रो
सुप समाज यूएई फुलिजाउ फलिजाउ
यसै गरी संसार भरी नामना चलिजाउ
संस्थाका महासचिब मान बहादुर केसी ‘मुस्कान’ले बेग्लै अन्दाजमा बिच बिचमा देउडा गीत सुनाउदै संचालन गरेको सो कार्यक्रममा उपस्थित सबैलाई भरपुर मनोरन्जन दिएका थिए ।
नवनिवार्चित कार्यसमितीका पदाधिकारी निम्न बमोजिम रहेका छन् :
अध्यक्ष -चेतबहादुर थापा ‘चेतन’ (बाजुरा)
वरिष्ठ उपाध्यक्ष – जयराज जोशी (दार्चुला)
उपाध्यक्ष – कमल गिरी (बैतडी)
उपाध्यक्ष – श्रीमती टिकेश्वरी भण्डारी बोगटी (डोटी)
महासचिव – मानबहादुर केसी ‘मुस्कान’ (अछाम)
सचिब- धनबहादुर खड्का (कैलाली)
कोषाध्यक्ष – भिमबहादुर सिंह (बझाङ)
सहकोषाध्यक्ष – मोहन ठकुराठी (बैतडी)
सदस्य
रमेश धामी (अछाम)
श्रीमती सुधा राना (कञ्चनपुर)
मनोज भट्ट ‘सानुकाजी’ (डडेल्धुरा)
हरिश पन्त (कैलाली)
सुरज शाह (डोटी)
श्रीमती शारदा शाह (बाजुरा)
काशीसिंह गोयला बिष्ट (बैतडी)
जनक गिरी (दार्चुल्ला)
भिमबहादुर रावल (अछाम)
नारायण पन्त (बैतडी)
देबिन्द्र बिष्ट (बैतडी)
सल्लाहार समिती
शिवराज जैशी (डोटी)
लक्ष्मण अधिकारी (कञ्चनपुर)
दिलु नगारी (कैलाली)
धर्मराज पाण्डे (डडेल्धुरा)
राजेन्द्र रोस्यारा (डोटी)
वि.सं.२०७३ पुस ३ आइतवार १४:३९ मा प्रकाशित