back
CTIZAN AD

पश्चिम अफगानिस्तानमा बस दुर्घटना चौधको मृत्यु

वि.सं.२०७३ पुस ४ सोमवार

1K 

shares

४ पुस, फराह –अफगानिस्तान । अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तबाट राजधानी काबुलका लागि छुटेको बस फराह प्रान्तको गुलिस्तान जिल्लामा रोकिराखेको एक ट्रकसँग ठोक्किएपछि आइतबार दिउँसो भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको र अन्य ४१ जना यात्रु घाइते भएका अफगान ट्राफिक प्रहरीले बताएको छ ।

काबुलबाट पश्चिम ६९५ किलोमिटर टाढा भएको दुर्घटनामा बसमा सवार ५७ जना यात्रुमध्ये दुई जनालाई भने कुनै चोट नलागेको बताइएको छ ।

अफगानिस्तानमा कमजोर सडक संरचना र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गर्छ जसका कारण हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । सिन्ह्वा

वि.सं.२०७३ पुस ४ सोमवार ०३:५४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...