२१ चैत्र । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो दुई महिनाको तलब भत्ता कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई दिने घोषणा गरेका छन् ।
विश्वव्यापी संकटको यो अवस्थामा नेपालीहरुको रक्षाका लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताउँदै आफ्नो दुई महिनाको तबल भत्ता दिने घोषणा गरेका हुन् । उनले यो रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएका छन् ।
उनले संकटको यो बेला सरकारको एक्लै स्रोत साधनले सम्भव नहुने भन्दै सबै नेपालीलाई सक्दो सहयोग गर्न पनि आग्रह गरेका छन् ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १६:२४ मा प्रकाशित






























