
२१ चैत, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमा एकजना चीनबाट आएका विद्यार्थीको निको भइसकेर दैनिक जीवनमा फर्किइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयको आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अन्य ५ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुको काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रफिकल अस्पताल र पोखरा क्षेत्रिय अस्पतालमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १६:२९ मा प्रकाशित