back
CTIZAN AD

वैदेशिक रोजगारीको अर्थराजनीतिमा नेपाल र कोभिट– १९ को प्रत्यक्ष असर

वि.सं.२०७६ चैत २१ शुक्रवार

837 

shares

रेमिटेन्स दिर्घकालिन विकासको आधार हुदै होइन भन्ने आज पुष्टि भएको छ । यसले समग्र बृहत आर्थिक चरहरुमा नराम्रो झड्का दिने कारण विद्यमान रोजगारको अवसर गुमी विदेशिएका नेपाली युवा युवतीहरु प्रभावित हुनेछन । पछिल्लो शताव्दीको छोटो समयमा समृद्दी भएका मुलुकहरुले पनि विदेशिएका सक्षम् नागरिकहरुलाई आफ्नै देशमा ल्याई उत्पादकत्व वृद्दि गरेको देखिन्छ । प्रत्येक देशले संकटको वेला आफ्नो नागरिकलाई मात्र हेर्ने कारण हाम्रो सरकारले पनि सिमापारीबाट मुलुक हेरिरहेका आफ्ना नागरिक स–सम्मान मुलुक भित्रल्याई उचित व्यवस्थापन गर्नु नैसमृद्दी नेपालको लागि आधार हुनेछ ।

पृष्ठभूमि

सन् १९५० को शान्ति तथा मैत्री सन्धिपछी नेपाली युवा ठूलो संख्यामा रोजगारीको लागि भारत प्रवेश गर्न थाले । निम्न स्तरको कामको लागि गएता पनि वैदेशिक रोजगार भनेकै भारत हो भन्ने बुझाइ थियो । सन् १९९० मा संसारमा आएको परिवर्तनपश्चात मध्यपूर्वमा पेट्रोलियम पदार्थको व्यापक उत्पादन, तेलको मुल्यमा बृद्दि, पुर्वाधार विकासमा लगानीको कारण खाडी  मुलुकहरुको आम्दानीमा भएको वृद्दिले गर्दा ठूलो मात्रामा कामदारहरुको माग भयो । नब्बेको दशकमा नेपालबाट पनि ती देशहरुमा वैदेशिक रोजगारीमा जाने संख्या नाटकीय ढंगले बृद्दी भएको देखिन्छ ।

नेपालले वैदेशिक रोजगारको लागि सस्थागत रुपमा ११० मुलक खुला गरेको छ । नेपालबाटऔपचारिक एवम् अनौपचारिक माध्यमबाट विदेशिने युवाहरु ५० लाख भन्दा माथि रहेको अनुमान गरिन्छ तर सरकारी तथ्यांक अनुसार करिब ४० लाख मानिसहरु मात्र रोजगारको लागि विदेश गएको वताइन्छ ।

माइग्रेंट्सका जीवन कथा, व्यथा र हाम्रो राज्य सत्ता

वैदेशिक रोजगारमा गएका नेपालीहरुको कारुणिक कथा व्यथा सुन्दा लाग्छ, जहाँ गएपनि दुख र पिडा नेपालीहरुको साझा नै भै सक्यो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आ.व २०७५/७६ मात्र  ५ लाख ८८ हजार ८२८ जना रोजगारीको लागि विभिन्न मुलुक गएका छन् ।  सो अवधिमा ७ सय ५३ जना नेपाली कामदारहरुले ज्यान गुमाएका छन्, ५ सय ४५ जना विदेशी जेलमा छन्, ति मध्ये १९ जनालाई मृत्यु दण्ड सुनाइएको छ । खाडी मुलुक तथा मध्यपूर्वमा काम गर्ने घरेलु महिला कामदारहरुले भोगेका समस्याहरु सुन्दा आङनै जिरिंग हुन्छ ।

सारका विभिन्न विकासोन्मुख मुलुकहरुको जस्तै नेपाली युवाहरुलाई पनि युरोप एक सपनाको संसार मानि विदेशिएका र तिनीहरुको दुख, पिडाका कथा पत्रकार लेखक ददी सापकोटाले (२०१४) मा सविस्तार उतारेका छन् । छिटो धनि हुने सपना साँचेर १५- २० लाख रकम खर्च गरेर योरोप, अमेरिका र अस्ट्रेलियाको विद्यार्थी भिषाका विद्यार्थीहरुलाइ समस्यै समस्याको पहाडले थिचेको वृत्तान्त उक्त किताबमा पढ्न पाइन्छ । दलालले ठगि गरेर मानव तस्करको शृंखला पनि डर लाग्दो रुपमा चलिरहेको छ । यसरी गरिब मुलुकहरुबाट प्राकृतिक  श्रोत दोहोन गर्ने, सस्ता श्रम किनेर धनि हुने, प्रतिभावान आकर्षण गरी पुंजी पनि लाने, गरिब मुलुकलाई लाली पप देखाउने र केहि बर्ग धेरै धनि हुने नव उदारवादी पुंजीबाद विश्वको अर्थ राजनीति आज उदांगो भएको छ । नेपालमा मुक्तिको लागि जति राजनीतिक परिवर्तन भएपनि हाम्रो राज्य सत्ता त्यहि रुमलिएको देखिन्छ । सम्वन्धित बोर्डको नाम नै वैदेशिक प्रबर्धन बोर्ड राखिन्छ र श्रम मन्त्रालय अन्तर्गतका निकायमा सरुवा हुन् शक्ति र श्रोत प्रयोगमा प्राथमिकता दिइन्छ । श्रम सम्झौता गरी वैदेशिक रोजगारमा पठाउनु नै आफ्नो सरकारको ठुूलो सफलता भनि समृद्दिको रटान लगाइन्छ ।

रेमिटेन्सकोअर्थ राजनीति

नेपाली अर्थतन्त्रमा रेमिटेन्सको महत्वपूर्ण स्थान रहेको छ । विदेशी मुद्राको प्रमुख श्रोतको रुपमा देखिएको छ । तसर्थ, यो आज आर्थिक कुटनैतिकको एउटा अंग वनेको छ। राष्ट्र बैंकको प्रतिवेदन (२०७३) अनुसार कुल ग्राहस्थ उत्पादन (GDP) को २९.६ प्रतिशत रेमिटेन्सले ओगटेको छ र हाल पनि २५ देखि ३० प्रतिशतको वीचमा भएको विभिन्न अध्ययनहरुले देखाउछ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आ.व २०७५/७६ मा मात्रै ८ खर्ब ७८ अर्ब रेमिटेन्स नेपाल भित्रिएको छ । प्राप्त रेमिटेन्स उत्पादन क्षेत्रमा लगानी नभएको धेरै अनुसन्धानका प्रतिवेदनहरुले बताउन्छन्, जसमध्य ७८.९ प्रतिशत उपभोगमा खर्च  भएको देखाउंछ । रेमिटेन्सले नेपालको सामाजिक परिवेश पनि परिवर्तन ल्याएको छ । रेमिटेन्स भित्र्याउने घरपरिवारले बालवच्चाको शिक्षा र स्वास्थ्य लगानी बढाएका छन् तर यसले गाउँबाट शहरमा आन्तरिक वसाइसराइ गरेर गाउँलाइ विरानो बनाएको छ ।

वैदेशिक रोजगारमा जाने नेपालीले धेरै रेमिटेन्स पठाएका छन् भन्ने मात्र वर्तमान अध्ययन छ तर विश्व वैंक (२०१६) को प्रतिवेदन अनुसार नेपालले बार्षिक औसतमा ७ बिलियन अमेरिकन डलर रेमिटेन्सको रुपमा भित्रिएको हुन्छ भने ३ विलियन अमेरिकन डलर रेमिटेन्सको रुपमा वाहिरिएको हुन्छ । विकसित मुलुकमा उच्च शिक्षाको लागि जाने विद्यार्थीहरुले प्रति विद्यार्थी औसतमा १२ हजार अमेरिकन डलर अध्ययन खर्चको लागि विदेश लगेको देखिन्छ । यसरी विश्वव्यापीकरणको फाइदा उठाउँदै पूंजी र प्रतिभा पलायन गराउने, श्रम आपूर्ति गर्ने  अर्थ राजनीतिमा माइग्रेसनको चक्र घुमिरहेको देखिन्छ । घनी मुलुकहरुबाट रेमिटेन्स गरिब मुलुकमा जान्छ भन्ने आम बुझाइ छ, तर हाम्रा जस्ता कम विकसित र विकाशील मुलुकहरुबाट पनि श्रम र पुंजी दुवै विकसित मुलुकमा लगेका छन, सर्वस्वीकृत नीति र संस्कृति भिडाएर। हाम्रा मुलुकको शासन सत्तामा बस्नेहरु रेमिटेन्सलाई उत्पादन क्षेत्रमा लगानी गरी विकास गर्नु भन्दा आफ्नो सुविधाको लागि महंगा गाडी खरिद गर्न हतारो गर्छन, जसले गर्दा मध्यम वर्गलाई उपभोगवादी संस्कृतिमा जान उत्प्रेतित हुनेछ ।

वैदेशिक रोजगारमा कोभिट १९ असर र राज्यको दायित्व

हाल संसारमा फैलिएको महामारी कोभिट १९ प्राकृतिक हो वा मानब निर्मित होखोजको विषय होला । विश्व आर्थिक मंचले हालसालै एउटा प्रतिवेदनमा विश्वको आधाजसो आर्थिक गतिविधि प्रकृतिमानिर्भर रहेको भनि उल्लेख गरेको छ। हाल देखा परेको मानवीय स्वास्थ्यकोमहा संकटलाई कहिले तेश्रो विश्व युद्दको नामकरण गरेका छन्, जुन युद्द्लाई हराउन विज्ञानलाई समेत हम्मे हम्मे परेको छ।  यस महामारीले संसारमा आर्थिक संकट ल्याएको छ । पछिल्लो समयमा  पश्चिम युरोप र अमेरिका बढी प्रभावित भएको छन । सुन्दर सपनाका आकांक्षा वोकेरगएका कामदार नेपालीहरु अन्ततः आर्थिक र सामाजिक रुपमा बढी प्रभावित हुने निश्चित छ । यस कोभिट १९ कै कारण सिंगापुरको इतिहाँसमै न्यून आर्थिक वृद्दिले विश्वका शक्तिशाली वहुराष्ट्रिय कम्पनीहरु  त्रसित देखिन्छन । हामि नेपालीहरुको लागि वैदेशिक रोजगारीको गन्तव्य मध्यपूर्व मुलुकहरु दुई वर्ष अगीको  राजनैतिक संकटले  रेमिटेन्स घटेको थियो । अहिलेको संकटले झन् आगोमा घ्यु थपेको छ । कोभिट १९ कोअसर सबभन्दा बढी इरानमा देखिएकोले खाडी सहयोग परिषद्का सदस्यहरुले (GCC) सहयोग गरिरहेका छन्।

ई.एम.एफ  ब्लगका अनुसार खाडी मुलुकहरुमा आन्तरिक र बाहय माग घटेको छ, व्यापार घटेको छ, तथा सार्वजनिक यातायातमा कमि भएर तेलको मुल्य ५० प्रतिशतले  घटेको छ । तसर्थ, रेमिटेन्स दिर्घकालिन विकासको आधार हुदै होइन भन्ने आज पुष्टि भएको छ । यसले समग्र बृहत आर्थिक चरहरुमा नराम्रो झड्का दिने कारण विद्यमान रोजगारको अवसर गुमी विदेशिएका नेपाली युवा युवतीहरु प्रभावित हुनेछन । पछिल्लो शताव्दीको छोटो समयमा समृद्दी भएका मुलुकहरुले पनि विदेशिएका सक्षम् नागरिकहरुलाई आफ्नै देशमा ल्याई उत्पादकत्व वृद्दि गरेको देखिन्छ । प्रत्येक देशले संकटको वेला आफ्नो नागरिकलाई मात्र हेर्ने कारण हाम्रो सरकारले पनि सिमापारीबाट मुलुक हेरिरहेका आफ्ना नागरिक स–सम्मान मुलुक भित्रल्याई उचित व्यवस्थापन गर्नु नैसमृद्दी नेपालको लागि आधार हुनेछ । ७० को दशकमा आधुनिक चीनका निर्मातामध्ये एक देंगस्यापिंगले आफ्नो मानव साधनलाई सम्मान गर्दै भनेका थिए –“Hide your strength, wait your time”।

(लेखक – नेपाल खुला विश्वविद्यालय, अर्थशास्त्र विषयका  एमफिल स्कलर हुन् ।)

वि.सं.२०७६ चैत २१ शुक्रवार १६:३३ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...