back
CTIZAN AD

कोरोनाको कहर र पोल्याण्डका नेपाली

वि.सं.२०७६ चैत २३ आइतवार

675 

shares

म पोल्यान्डमा बस्न लागेको १३ बर्ष भयो । पोल्यान्ड २०१० मा ठूलो शोकमा डुब्यो । पोलयाण्डका राष्ट्रपतिसहित देशको उच्च पदाधिकारीहरुको रसियामा प्लेन दुर्घटनामा भयो । तर पनि पोल्यान्डमा कहिल्यै बाटो बन्द भएन । पसल बन्द भएन । सबै जनता आ–आफ्नो तरिकाले काम गरिरहे । शोकमा डुबेको बेलामा पनि जनताहरुले कुनै दुःख पाएनन् । तर अहिले पोल्यान्ड पनि कोरोना दःुख भोगिरहेको छ । यद्यपि अरु युरोपियन देशको तुलनामा केही कम प्रकोप छ ।तर बढिरहेको छ, कति सम्म पिक अपमा पुगेर यो कोरोना झर्ने हो त्यो बारे स्पष्ट खाका बनाउन सकिरहेको छैन पोल्याण्ड सरकार । एक किसिमको मनोवैज्ञानिक अन्योल बढ्दै छ । त्समा पनि अझै आप्रवासीहरुको आफ्नै समस्या र पीडा थपिदैछ । नेपाल सरकारको अति संकीर्ण सोचको कारणले सय–दुई सय युरो नेपालबाट मगाएर भएपनि खानाको जोहो गर्न केही व्यक्तिहरूलाई अप्ठ्यारो पनि भएकै छ । तर, ती व्यक्तिहरू खुलेर अप्ठ्यारो भएको समस्या भएको भन्न सक्दैनन् त्यसका कारणहरु कागजी समस्या देखि हाम्रो सामाजिक मनोविज्ञान पनि हुन् ।

पोल्यान्ड सरकारले आफ्नो तवरबाट कोरोना बिरुद्ध हर सम्भव उपायले लड्न प्रयास गरिरहेको छ आशा गरौ एक दिन पोल्यान्ड कोरोना मुक्त हुनेछ । तर, अहिले अब फरक छ पहिलो कर्तब्य पोल्यान्डले आफ्नो देशको नागरिकलाई कसरी रोजगारको सुनिश्चितता गर्ने भनेर लागिरहेको छ । आज सम्म पोल्याण्डमा कोरोना संक्रमण ३८ सय ३४ जनामा पुगिसकेको सरकारी तथ्यांक रहेको छ यद्यपि बढी समुदायलाई भेटेको हुन सक्ने कुरा पनि बाहिर आएका छन् ।

यतिबेला बिदेशीहरुलाई हेर्ने नजरमा सरकारी नीति त्यति भेदभाव त छैन तर जनस्तरमा भने कहि कहि बिदेशी समुदायसित आतंकित हुनुपरेको छिटफुट खबर समेत सुन्नु परेको छ । पोल्यान्डमा नेपालीहरु आधिकारिक डाटा नभए पनि झन्डै ४ देखि ५ हजार जति भएको अनुमान गर्न सकिन्छ । पोल्यान्डमा २०१५ –२०१७ मा युरोपेली मुलुकबाट कागज बन्छ भनेर झन्डै १० हजार नेपाली भित्रिएका थिए र पछि पोल्यान्ड सरकारले कागजी प्रक्रियामा कडाइ गरेपछि त्यो समुदाय ह्वात्तै घटेको थियो । पोल्यान्डको कागजात लिएर बाध्यताले पोल्यान्ड आएको ऋण तिर्न नसकेर विभिन्न देशमा गएर अवैधानिकरुपमा काम गर्ने नेपालीहरु पनि सयौ छन् । तर पछिल्लो दिनमा पोल्यान्डमा राम्रोसँग काम गर्नेहरुले ठिकै आम्दानी गर्दै आइरहेका थिए ।

पोल्यान्डमा हजारौ नेपालीहरु छन्
यद्यपि एनआरएनए पोल्यान्डको सदस्य लिएका संख्या ३०० को हाराहारीमा छन् । पोल्यान्डमा संघ संस्थाहरुमा आधिकारिक दर्ता भएको संस्था एनआरएनए हो भने विभिन्न संस्थासँग अफिलियट लिएको संस्थाहरु प्रबासी नेपाली एकता मन्च पोल्यान्ड, जनसम्पर्क समिती पोल्यान्ड, इनास पोल्यान्ड र भर्खरै अफिलिअट लिएको साझा सदभाव समूह र हामी नेपाली रहेका छन् ।

आफ्नो समुदायमा केही गर्ने उद्देश्यले स्थापित गुल्मी समाज पोल्यान्ड पनि छ । त्यसो त खेलाडिहरुको खेलको लागि ब्रदरहुड पोल्यान्डले पनि समय समयमा खेललाई बिकास गर्न बिशेष भूमिका निर्वाह गर्दैै आएको छ । बन्धु ग्रुपले पनि केही सास्कृतिक कार्यक्रम गरेको थियो शेर्पा समाज केही कार्यक्रम गरेको थियो । यद्यपि यो लेखकलाई अरु जानकारी नभएको हुन पनि सक्छ अन्य विभिन्न समुदायले विभिन्न किसिमले कसरी हुन्छ आफ्नो समाज अगाडि बढाउने सोच लिएर सक्रिय भए सबैको आ–आफ्नो भूमिका अहम रहेकै छन् ।

पोल्यान्डमा एक दुई कार्यक्रम गरे पनि बिबिध कारणले पत्रकार महासंघ निष्कृय जस्तै छ र कसैको अफिलियट छैन । तर, पनि यो समिति सक्रिय हुनुपर्छ साथै व्यवसायी समिती पोल्यान्ड पनि सकृय हुन सकेको छैन । सायद आ–आफ्नै विविध समस्याहरु भएर पनि होलान् । तैपनि पोल्यान्डमा नेपाली समुदाय एकत्रित भएर आफ्नो आवाज बुलन्द पार्नुपर्छ भन्ने जुन परिकल्पना हो ती संघसंस्था स्वतन्त्र नागरिक सबैको ती परिकल्पनालाई साधुवाद छ ।

पोल्यान्डमा अनलाइन मिडिया पोल्यान्ड नेपाल डटकम २०१० देखि र २०१७ मा फेसबुक पेज मार्फत लगायत अरु अनलाइन मेरो माटो हुँदै पछि पोल्यान्ड नेपाल डोमेन किनेर विभिन्न व्यक्तिहरुको विचार राखेको छ । पि एन टिभिले युट्युब च्यानल मार्फत समय समयमा जानकारी दिएको छ ।

त्यसो त विभिन्न फेसबुक ग्रुपहरुले पनि जानकारी प्रवाह गर्न बिशेष भुमिका खेलेका छन् । पोल्यान्ड खबर, सत्य खबर, नेपालीज इन पोल्यान्ड नेपलीज स्टुडेन्ट इन पोल्यान्ड, हरियाली मन्च पोल्यान्ड, नेपाली सोसाइटी इन पोल्यान्ड तथा हामी सबै नेपालीहरुका विभिन्न सामाजिक ग्रुपहरु सक्रिय रहेका छन् ।

पोल्यान्डमा राजदूतावास छैन । पोल्यान्डलाई जर्मनी दूतावास बर्लिनले हेरिरहेको छ । पोल्यान्ड बस्ने नेपालीहरुको समस्या यस्तै तरिकाले बन्द भैरह्यो भने अवश्य बढ्ने देखिन्छ । ती समस्याहरु कानुनी÷गैरकानुनी रुपमा बसेका सबैलाई अप्ठ्यारो पार्ने अवस्था हुनेछ । कोरोना स्वास्थ्य उपचारमा जुनसुकै राष्ट्रका नागरिक भए पनि पोल्याण्ड सरकारले निशुल्क गरिदिने नीति लिएको छ । यो समयमा भिसा सकिएकाहरुको लागि पोल्यान्ड सरकारले एक महिना थप गरेको छ ।

यतिबेला पसलहरु एकदमै न्यून र अत्यावश्यक सामानहरु किन्नको लागि छोटो समयका लागि खोलिएको पाइन्छ । मास्क र अरु सेनिटाइजर पहिले जस्तो सहज रूपमा नपाइए पनि अरु दैनिक खाद्यान्न वस्तुहरुको मूल्य वृद्धि खासै छैन । यद्यपि युरोको भाउ एकाएक बढेकोले विभिन्न उपभोग्य वस्तुहरुको मूल्यमा समायोजन गर्न सरकार बाध्य भैरहेको छ । अहिलेको समयमा हरेक नेपालीहरु भेटघाट गर्ने समय नभएकोले अनलाइनको माध्यमबाट विभिन्न संघ संस्था नागरिकहरुले जानकारी लिने प्रयास गरिरहेका छन् ।

कोभिड १९ ले होटेल रेस्टुरेन्ट व्यवसाय चौपट्टै पारेको छ । जसले गर्दा सयौको रोजगार गुम्ने खतरा अत्यन्त छ । यद्यपि केही कम्पनीहरुले रोजगारको सवालमा चिन्ता नगर्न आश्वासन पनि दिएका छन् त्यो आश्वासन भबिष्यले जनाउनेछ नै । कोभिडले पोल्यान्डमा बिद्यार्थी र कागजको पर्खाइमा रहेका सयौ नेपालीहरुलाई पनि धेरै असर पार्नेछ ।

अहिले केवल सतर्क हुनु सिवाय अन्य विकल्प हामिमा केही पनि छैन । बिश्वब्यापी समस्या भएकोले सबै एक किसिमको अन्योलमा छन् कोभिड कोरोना समयपछिको भविष्य हाम्रो के हुने भनेर ।

वि.सं.२०७६ चैत २३ आइतवार १८:११ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...