back

बूढो प्लेग र स्पेनिशफ्लुको मुखामुखमा कोरोनाको यो फूर्ती ?

वि.सं.२०७६ चैत २३ आइतवार

177 

shares
NTC AD
Global IME AD

प्लेगको कुरा सुनेर कोरोना झन जंगियो – यस्तो नचाहिने कुरा सुनेर म कदापि रोकिन्न । मेरो आफ्नै रणनीति छ । मान्छे कहाँँ त्यति बुझ्झकी छ र ? सरकारले लकडाउन गर्छ तर मलाई थाहा छ मान्छेले भिडभाड गर्न छोडने छैन ।मान्छेको यहीँ कमजोरीलाई म हतियार बनाउने छु । मलाई कसैले रोक्न सक्तैन । हा हा हा ! प्लेग र स्पेनिस फ्लुले मुखामुख गरे ।

संसार मेरो मुठ्ठिमा । अब यो पृथ्वीबाट मानव नामको प्रजाति खत्तम । म हुँ सबभन्दा शक्तिशाली कोरोना कोभिड –१९– हा हा हा ! अहंकार र धमंण्डले उन्मत्त कोरोनाको अट्टहास देखेर अशक्त भइ ओछ्यानमा लडेको प्लेग झसंग भयो । बिस्तारै उतिर फर्किएर लामो सास फे(यो र निर्मिषेस भावले कोरोनालाई हेरिरह्यो । बुढाले एकोहोरो आफूतिर हेरेको देखेर झर्किदै कोरोनाले भन्यो( के क्वार्कार्ति हेरेको मेरो विश्वविजय अभियान मन परेन ? बूढो प्लेग बिस्तारै बोल्यो– खै के भनु तेरो पराजय सम्झेर चिन्ता लागेको छ । कोरोनाको ठुलो स्वर सुनेर स्पेनिस फ्लु जो अशक्त भएर पर्तिर सुतिरहेको थियो तर्सिएर ब्युझियो र कान ठाडा पारेर दुइटाको कुरा सुन्न थाल्यो । विफर र हैजा पनि घस्रिँदै प्लेग नजिकै आएर बसे । सबैलाई देखेर कोभिड झन कुर्लियो – आ– आफ्ना समयमा तिमीहरू सबैले आतङ्क मच्चाएका हैनौ ? सबैको जगजगी थियो त । अहिले आएर मान्छेसँग पराजित भयौ अनि मेरो मनोवल गिराउछौ । तिमीहरूको गल्तिबाट मैले ठुलो शिक्षा लिएको छु । तिमीहरूले जहिलेपनि अरूलाई माध्यम बनायौ । कसैले मुसालाई माध्यम बनायौ, कसैले मच्छरलाई, त कसैले झिँगालाई बनायौ तर मैले मान्छेलाई नै माध्यम बनाइदिएको छु यो कुरा तिमी बुढाहरूको दिमागमा घुसेकै छैन ।

कोरोनाको कुरा सुनेर बुढोप्लेगले सम्झाउँदै भन्यो – हेर बाबु ! बाहिर हामी जति शक्तिशाली र भयंकर देखिएतापनि मान्छे भन्दा धेरै कमजोर छौ । मान्छेमाथि विजय हासिल गर्न असम्भव नै छ । यो मेरो अनुभव हो । तेरो उमेरमा मलाईपनि यो उन्मादले छोएको थियो । मैले १३४७ देखि १३५१ सम्म (चार वर्षसम्म) पृथ्वीमा आतङ्क मच्चाए । यो चार वर्षमा करिब २० करोड मानिसको ज्यान लिए । युरोपमा मात्रै दुई करोड मान्छेको ज्यान लिए जुन तेतिबेलाको युरोपको कुल जनसंख्याको एक तिहाइ थियो । मेरो विनासलीलादेखि भयभित भएका मानिसले ले मेरो नामनैूकालो मृत्युू(Black death) राखिदिए । यो विजय यात्रामा मैले मुसाको सहायता लिए । मैले एक पटक हैन दुईपटक हैन तीन तीन पटकसम्म आक्रमण गरे र मानिसको सामाजिक, आर्थिक र राजनैतिक व्यवस्थानै धराशायी पारिदिए । मलाई त्यसबेला ‘पृथ्वीमा सबभन्दा शक्तिशाली म नै हुँ ’ जस्तो लागेको थियो तर मान्छेलाई परास्त गर्न सकिन, नराम्रोसँग हारे। आज मेरो हालत हेर म अपाङ्ग भएको छु । मलाई मान्छेले ओर्किन फर्किन समेत नसक्ने गरि असक्त बनाइदिएका छन । यति भनेर बूढो प्लेग चुप लाग्यो । बूढो प्लेगको कुरा सुनिरहेको स्पेनिस फ्लु उ चुप लागेपछि स्याँ स्याँ गर्दै बिस्तारै बोल्यो- तँ मेरोपनि स्थिति हेर न । प्लेगपछि मैलेपनि कम तहल्का मच्चाएको थिइन ।

म प्लेगपछिको दोस्रो घातक महामारी थिएँ । पचास करोड मानिसमा संक्रमित भएर एक वर्षमै पाँच करोड मानिसको ज्यान लिन सफल भएको थिए । मैले भारतमा मात्रै एक करोड सत्तरी लाखको ज्यान लिए । मैले अमेरिकी राष्ट्रपति विड्रो विलसनलाई समेत छोडिन । म एति शक्तिशाली थिए कि रोगको लक्षण देखिएको केही घन्टामै मानिसको मृत्यु हुन्थ्यो र म एति सूक्ष्म थिए कि माइक्रोस्कोपबाट समेत देखिन्नथे । चारैतिर हाहाकार मच्चिएको थियो । मलाईपनि ‘सब भन्दा शक्तिशाली मै हुँ’ जस्तो लागेको थियो तर मान्छेसँग सकिन । उनिहरूले मेरा विरुद्धमा खोप तयार गरे र उठ्नै नसक्नेगरि अशक्त बनाइदिए । तँ विफर र हैजालाई नै हेर न ! यिनिहरूले पनि कम प्रयास गरेका हुन् ? तर सकेनन् । उनिहरूका कुरा सुनेर कोरोना गर्जियो – तिमीहरूले भन्न खोजेको के ? म चुप लागेर बसौँ ।

तिमीहरूले मेरो पराक्रम देखेकै छैनौ । म कुनै हालतमा रोकिनेवाला छैन । बूढो प्लेगले फेरी सम्झाउँदै सुस्तरी बोल्यो – तँ धेरै घमण्ड नगर । तँ हामीभन्दा धेरै कमजोर छस् र आकारमा पनि ठुलो छस् । फेरि तँ अहिलेको हतियार सुसज्जित मान्छेसँग भिड्न गइरहेको छस् । मान्छेसँग डाक्टर, अस्पताल , ज्ञान सबैथोक छ । मेरो जमानामा मान्छेलाई भाइरस र ब्याक्टेरियाका बारेमा केहीपनि थाहा थिएन । मैले करोडौं मान्छे मारि सक्दापनि उनीहरू अन्यौलमै थिए उनीहरूलाई सामाजिक दुरी र लक डाउनको ज्ञानपनि थिएन त्यहीँ भएरपनि म अधि बढन सकेको थिए र लामो अबधिसम्म बर्चस्व राख्न सकेको थिए । अहिले त मान्छे धेरै बाठा भै सके । वास्तवमा हामी जस्ता महामारीलाई रोक्न सामाजिक दुरीनै एकमात्र उपाय हो। मेरो समयमा पनि मान्छेले सामाजिक दुरी राखेको भए म त्यति फैलिन पाउने थिइन । तेरो पालामा हेर त विश्व नै लकडाउनको स्थितिमा छ । तेरो कुटनिति अनुसार अहिलेसम्म करोडौं मान्छे संक्रमित भै सक्नु पर्ने थियो तर तँ लाखमै सिमित छस् । फेरि धेरै मान्छे निकोपनि भइरहेका छन् । यो तेरो लागि खतरनाक स्थिति हो । शुरूमै मान्छेले रोकथाम गरिसक्यो चीनले त तलाई धपाईनै सक्यो । मेरो अनुमानमा चाडै भ्याक्सिन तयार हुनेछ र तँलाई हामीभन्दा पनि असक्त बनाएर छोडने छ मान्छेले । शायद कोमामै पुर्याइदेला । त्यहीँ भएर म चिन्तित छु ।

प्लेगको कुरा सुनेर कोरोना झन जंगियो – यस्तो नचाहिने कुरा सुनेर म कदापि रोकिन्न । मेरो आफ्नै रणनीति छ । मान्छे कहाँँ त्यति बुझ्झकी छ र ? सरकारले लकडाउन गर्छ तर मलाई थाहा छ मान्छेले भिडभाड गर्न छोडने छैन ।मान्छेको यहीँ कमजोरीलाई म हतियार बनाउने छु । मलाई कसैले रोक्न सक्तैन । हा हा हा ! प्लेग र स्पेनिस फ्लुले मुखामुख गरे । स्पेनिस फ्लुले बिस्तारै भन्यो – यसले शुरूमा मान्छेलाई ‘त्राहिमाम’ चाहिँ बनाउने भो तर हेरिराख्नु यो हामीभन्दा चाडैं धराशायी हुनेछ ।

वि.सं.२०७६ चैत २३ आइतवार १८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...