विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र त्रासमा आफुलाई कमजोर बनाइरहेका छन् । प्रतक्ष्य प्रभावित, उनीहरुको परिवार, आफन्त, नजिकका साथी प्रभावित हुनुलाई स्वाभाविक मान्न सकिन्छ । त्यस्तै फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, खाद्य वितरक एबम उनीहरुका परिवार चिन्तित हुनु पनि स्वाभाविक हो । तर विश्वको एउटा कुनामा फैलिएको रोगबारे अर्को कुनामा चिन्ता तनाब हुनु भनेको यसको विश्वव्यापी मानसिक असर हो ।
दैनिक बढ्दो गतिमा उकालो लागिरहेको संक्रमित तथा मृतकको संख्याको कारण यस्ता समस्या देखिएका छन् ।
– तातो हुनु, ज्वरो आएजस्तो लाग्नु तर तापक्रम नाप्दा नर्मल देखिनु ।
-घाँटीमा खसखस हुनु, केहि अड्किएको अनुभव हुनु ।
– शरीर झम्झनाउनु, केहि हिंडेजस्तो लाग्नु ।
– कोरोना संक्रमणमा लक्षण मिलेजस्तो लाग्नु ।
– रिंगटा लाग्नु, थकाइ लाग्नु तथा कमजोर महशुष हुनु ।
यी लक्षणबाट सुरु भएको समस्या आफै नियन्त्रण गर्न सकिन्छ । यो सामान्य अवस्था हो । यो समस्या ब्यबस्थापन गर्न नसके तलका समस्याहरु देखिन्छन् ।
-आफु र आफन्तको स्वास्थ्य बारे चिन्ता लाग्नु ।
-निद्रा धेरै लाग्नु वा लाग्दै नलाग्नु ।
– निदाउन वा एकाग्रता हुन गाह्रो हुनु ।
– आफ्नो स्वास्थ्य खराब भएको महशुष गर्नु ।
-रक्सी, चुरोट, सुर्ती लगायतको प्रयोग अधिक हुनु ।
-शारीरिक लक्षण ( थाकेको, बिरामी भएको जस्तो) र मानसिक लक्षण (डर, परिवार र समाजबाट अलग हुने, गिल्टी अनुभव हुने ) ।
तनाब ब्यबस्थापन गर्ने तरिका
– लगातार पढ्ने, हेर्ने, सुन्ने, सामाजिक संजाल चलाउने लगायतका काममा ब्रेक लिने ।
– आफ्नो शरीरको ख्याल गर्ने । गहिरो सास लिने, शरीर तन्काउने, स्वस्थ्य खाना खाने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने, रक्सी तथा ड्रग नखाने ।
– थुनिएर नबस्ने । सक्रिय हुने, मनोरंजन गर्ने ।
– अरु व्यक्तिसंग सम्पर्कमा रहिरहने । आफुले विश्वास गर्ने व्यक्तिसंग आफ्नो अनुभव सेयर गर्ने ।
-परिवारलाई समय दिने ।
– आफ्नो दैनिक गतिविधिको तालिका बनाउने जस्तै : ब्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधै निश्चित समयमा गर्ने ।
– युट्युब लगाएर योग, ध्यान तथा रिल्याक्स टेक्निक अपनाउने ।
-ओशो, रविशंकर, सद्गुरु लगायतका स्पिच सुन्ने ।
– थोरै र आधिकारिक समाचारमात्र सुन्ने र हेर्ने ।
– हल्ला र भ्रमको पछि नलाग्ने । विज्ञको कुरा सुन्ने ।
– समस्यासंग सामना गर्ने आँट र उत्साहको बिकास गर्ने ।
– आकास, जुन, तारा, घाम, सुर्योदय, सुर्यास्त, रुख, चरा आदि प्रकृतिको समीप रहने ।
-यो समस्या र क्षतिलाई क्षणिक ठान्ने ।
– धेरै गाह्रो भएमा मनोविज्ञसंग परामर्श लिने ।
– आबश्यक परे मनोरोग बिशेषज्ञसंग परामर्श गरेर केहि समयको लागि औषधि सेवन गर्ने ।
– जन्म, वृद्धि, क्षय र मृत्युको चक्रलाई आत्मसात गर्ने ।
वि.सं.२०७६ चैत २४ सोमवार २०:११ मा प्रकाशित
























