बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापान, काठमाडौँ महानगर पालिका वार्ड न ६, लाली गुरास क्लब जापान, पशुपति टोल सुधार समितिको सयुक्त आयोजनामा लक डाउनमा आर्थिक समस्या परि जिबिकोपार्जनमा समस्या परेको १६० परिबारलाई दैनिक जिबनयापन गर्न खाद्य बस्तु वितरण गरेको छ ।
कार्यकममा काठमाडौँको उपमेयर हरि प्रभा खडगी, कामनपा ६ का वडा अध्यक्ष दिपेन्द लामा ,पशुपति टोल सुधार समितिको अध्यक्ष श्यामकुमार श्रेष्ठ तथा समिति परिबार र नेपाल प्रहरी प्रतिनिधि समेतको उपस्थिति थियो ।
अध्यक्ष डा बलराम श्रेष्ठले बिपी चिन्तन तथा गणेसमान फाउन्डेसनले रास्ट्रिय विपद पर्दा नेपाली तथा जापानिज समाजमा आगामी दिनहरुमा पनि गुणात्मक सहयोगहरु गर्दै जाने प्रतिबध्ता व्यक्त गरे ।
उनले नेपाली समाजलार्ई यस्तो दुख पर्दा सक्ने सहयोग गर्नु हुने एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, सस्थाको सदस्यहरु बिनोद शेरचन, भेषनारायण श्रेष्ठ, इन्दिरा सुजुकी, आकेमी मिज़ुबा, इमुरा हिरोको, डा सन्दिप शाक्य, डा मनोहर लाल श्रेष्ठलाइ हार्दिक व्यक्त गरेका छन् ।
त्यस्तै यस्तो बिशम परिस्थतिमा पनि उपथिती भई भोलिएनटरको रुपमा सहयोग गर्ने पशुपति टोक सुधार समिति तथा सबै समाजसेबीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।
वि.सं.२०७६ चैत २४ सोमवार १९:४३ मा प्रकाशित






























