back
CTIZAN AD

कोरोना भाइरस संक्रमणका कारण युएईमा एक नेपाली महिलाको मृत्यु

वि.सं.२०७६ चैत २४ सोमवार

762 

shares

२४ चैत, युएई । कोरोना भाइरस संक्रमणका कारण युएईको दुबईमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

रुपन्देही देबदह ६ की ४० वर्षीया बिनु पराजुलीको गत शुक्रबार ( अप्रिल ३) कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

। पहिलेदेखि मुटुको समस्या रहेकी उनलाई मालिकले मृत अवस्थामा फेला पारेका थिए ।

युएईमा १० वर्षदेखि कार्यरत पराजुली बिहिबार पेट दुख्यो भनेर आत्तिएको र शुक्रबार बिहान अवेरसम्म नउठेपछि मालिकले उनी सुत्ने कोठाको ढोका फोरेर हेर्दा उनी मृत भेटिएको बताईएको छ ।

उनको मृत्यु कोरोना पोजेटिभका कारण भएको दुबईस्थित अल रफ्फा प्रहरी चौकीले अरवि भाषामा जानकारी दिएको छ ।

युएईमा हालसम्म ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा २ जना निको भएर फर्किएका छन् भने अरु ९ जना उपचाररत रहेको बताइएको छ । साथै प्रवासमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली महिला पराजुली हुन् ।

वि.सं.२०७६ चैत २४ सोमवार २०:३४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...