back
CTIZAN AD

काेराेना संक्रमण :लकडाउन पछिका चुनौती  र अबकाे भुमिका 

वि.सं.२०७६ चैत २५ मंगलवार

585 

shares

दैनिक उपभाेग्य खाध्य बस्तु र तरकारीकाे माग ,उत्पादन र आपूर्तिमा आउन सक्ने समस्यालाई मध्यनजरमा ध्यानमा राखी पर्याप्त सुरक्षित खाध्य भण्डारकाे ठाउँ ठाउँमा  ब्यबस्था गर्नु, गाउँ घरमा  बांझाे र खेर गएका जग्गा जमीनमा पकेट क्षेत्र  निर्धारण गरि  छिटो उत्पादन हुने खाध्यबस्तु , तरकारी बाली र फलफुल खेती लगाउन कृषकहरुलाई राहतमुलक  कार्यक्रमकाे घाेषणा गर्नु अहिलेका चुनौती  र अभिभारा हुन ।

फ्रान्सबाट आएकी १९ बर्षिय महिलामा काेराेना भाईरस पाेजेटिभ देखिएपछि सरकारले काेराेना भाईरस संक्रमण फैलन नदिन  पहिलाे १ हप्ताको लकडाउन  घाेषणा गर्याे र पछि  अन्य ३ जनामा  पाेजेटीभ फेलापरे पछि   दाेश्राे चरण हुदै ९जनामा फैलिए पछि तेश्राे चरणकाे लकडाउन अहिले बैशाख ३ गते सम्मकाे बन्दाबन्दी(लकडाउन)लागू गरेकाेछ ।चिनमा डिसेम्बरकाे अन्तिम हप्ताबाट शुरूवात भएर बिश्वब्यापी रुपमा फैलिएको याे भाईरसबाट ७ अप्रीलसम्म ६७५९४जना मानिसकाे मृत्युु भई सकेकाे छ । र १२ लाख बढीमानिसमा संक्रमण फैलिएको छ।

तर नेपालमा चिनमा संक्रमण शुरुभएकाे ३ महिना पछिमात्र  संक्रमण भित्रिएको हाे । काेराेना भाईरस फैलिएका देशहरुमा मानिसहरुकाे धमाधम मृत्यु भईरहेकाे स्थितिमा संक्रमित भएका देशबाट नेपाल आउने मानिसहरुलाई निगरानीमा राखेर परिबारबाट अलग गरि काेराेन्टाईनमा  राख्न  सकिएको भए  तथा    पुर्बतयारी गरेर चैत्रमहिनाकाे शुरुदेखि नै बिदेशबाट आउने हवाई तथा  स्थलमार्गमा राेकलगाईएकाे भए नेपालमा त्यति सहजै भाईरस भित्रिन  नसक्ने रहेछ।  यस्तै  चिनबाट अन्य देशमा भाईरस फैलदै गएको  स्थितिमा  नेपालमा पनि भित्रीन सक्तछ,  भित्रिएमा उपचारकाे विधि के हुन सक्तछ?,स्वास्थ्य उपचारका उपकरणकाे  के कस्ताे  ब्यबस्था गरि   सावधानी अपनाउन  पर्ला,? आदि बारेमा सिंगो माघ र फाल्गुण महिना नेपालका लागि  तयारीकाे पर्याप्त  अवसर थियाे । यसबारेमा जानकार स्वास्थ्य बिज्ञहरु,बुद्धिजीवीहरु लगायत सरकारी अधिकारीले जानकारी लिएर पुर्व तयारी हुन पाएकाे भए ब्यबस्थापन सहज हुने थियाे।  काेभीड -१९काे दाेश्राे संक्रमीत बिरामीमा पाेजेटीभ फेला परे पछि मात्र  स्वास्थ्य सामाग्री  र उपकरण जुटाउन लाग्दा एक ढंगले उपचार   अझै ब्यबस्थित हुन सकेकाे छैन ।अब  सात प्रदेश स्तरमा  एकएक  वटा स्लाब परिक्षण केन्द्र  स्थापना भएबाट काठमाडौ ल्याएर काेराेना भाईरसकाे स्लाब परिक्षण गर्नु पर्ने स्थितिकाे अन्त्य भएकाे छ । अब यसलाई दक्षिण काेरिया र भारतकाे केरला माेडेलबाट युद्ध स्तरमा स्वाब माेबाईल टेष्ट स्थापना गर्ने चुनौती छ ।

नेपालमा  लकडाउन बैशाख ३ सम्म सरकारले  घाेषणा गरेकाे छ । तर चिन, भियतनाम ,उतर काेरिया, र दक्षिणकाेरियाकाे अनुभबलाई नियाल्दा  जति धेरै  अवधि लकडाउन गरेर मानिसहरु सेल्फ क्वारेन्टाईनमा रहदा ईटाली, स्पेन, फ्रान्स, पाेर्चुगल, बेलायत, अमेरिका जस्ताे  संक्रमण नफैलने देखिएको छ । छिमेकी  देश भारतले पनि पहिलाे चरणकाे लकडाउन पछि  एक्काईस  दिनकाे लकडाउनकाे घाेषणा गरेकाे छ । पुर्ब तयारी  बिना लकडाउन गर्दा मानिसहरु एकठाउबाट अर्काे ठाउमा जाने, खाध्यान्न आपूर्ति  ब्यबस्थित नहुदा मानिसहरु घरबाट निस्किएर किनमेलमा जादा ठुलठुला भिड लागेकाे,समान लिन हारालुस भएकाे, ग्रामिण भेगमा शिक्षा र चेतनाकाे कमीका कारण मानिसहरु एकआपसमा संम्पर्क गरिरहेका समाचार र दृश्यहरु संचारमाध्यमबाट  देखिएका छन। यस्ताे स्थितिका बिचमा भारतका बिभिन्नशहरबाट नेपालीहरु घर फर्किएका छन र अझै पनि आउने क्रम जारी छ, ।यस्तै चैतकाे १गते अर्थात  पहिलाे लकडाउन अगाडि हवाईमार्गबाट हजारौं यात्रुहरु नेपाल फर्किएका छन।उनीहरुकाे अबस्था के कस्ताे छ, ? कति मानिससंग उनीहरुले सम्पर्क गरे ?। यस्तै बिदेशबाट आएका संग सम्पर्क गर्ने  पहिलाे ब्यक्तिले  अर्को दाेश्राे काे काे संग सम्पर्क गरे? यस्तै  दाेश्राे ब्यक्तिहरुले तेश्राे काे काे ब्यक्तिहरुसंग सम्पर्क  गरे? यसरी एक पछि अरुसंग सम्पर्क गरिएका ब्यक्तिहरु अहिले के अबस्थामा रहेका छन? याे स्थिति थाहा पाउनु र उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्नु अहिलेकाे मुख्य चुनौती छ ।भियतनाममा युद्धस्तरमा यसरी  बिदेशबाट आएका सबै ब्यक्तिहरु र उनीहरुले सम्पर्क गरेका  पहिलाे,दाेश्राे र तेश्राे ब्यक्तिहरुलाई खाेजी खाेजी क्वारेन्टाइनमा राखि सुरक्षित गरेका कारण आज भियतनाममा काेराेना भाईरस  त्यति  फैलन पाएकाे छैन ।र मृत्युु हुनेकाे संख्या  पनि अन्य देशकाे तुलनामा कमी रहेकाे छ ।

नेपालमा अहिलेसम्म ९ जनामा फेलापरेकाे काेराेनाकाे पाेजेटिभ भाईरस अब अझै कतिका बिचमा फैलिएको  छ,अनुमान  गर्न कठिन छ, किनकि  लाखौकाे संख्यामा हवाई  तथा स्थलमार्गबाट आएका मानिसहरु र उनीहरुले सम्पर्क गरेका मानिसहरुकाे अबस्था थाहा पाउन नसक्नु,रुघा खाेकी,ज्वराे आएर काेराेनाकाे शंका लागि स्वास्थ्यकर्मीकाे सम्पर्कमा आएका सबैकाे   स्वाब परिक्षण  गर्ने   क्षमता नहुनु अहिलेकाे चुनौती रहेकाे छ।

दक्षिण काेरियामा धेरै भन्दा  धेरै  बिरामीकाे चांडाे परिक्षण गर्ने मेशिन प्रयाेग गरि उपचारलाई युद्ध स्तरमा संचालन गरेका कारण पनि काेराेनाबाट अन्य देशकाे तुलनामा संक्रमित  फैलन नपाएको  बताईन्छ ।भर्खरै  अमेरिकामा पाेजेटीभ भएकाे   पाँच  मिनेटमा र तेह्र  मिनेटमा  नेगेटिभकाे रिपोर्ट आउने मेशीन प्रयाेग गर्न सकिने गरि परिक्षण  गरेको र अप्रीलकाे पहिलाे हप्ता देखि अमेरिकामा उक्त मेशिन व्यापक प्रयाेगमा ल्याउने समाचार प्रकाशित भएकाे छ ।

नेपालकाे दुर्गम र हिमाली भुबनाेट,यातायातकाे कठिनाई,  आदिका कारण दुर्गम र हिमाली भेग र शहरमा सिमित परिक्षण गर्ने ल्याब केन्द्रका कारण  बिरामीहरुकाे परिक्षण तत्काल हुन नसक्ने  जुन स्थिति  छ यसबाट  फैलने  संक्रमणलाई न्यून गर्ने  चुनाैती छ , अतः अन्यदेशमा छिटोछरितो ढङ्गले  प्रयाेगमा ल्याएकाे परिक्षण गर्ने  मेशीनहरुकाे कुटनैतिक नियाेगहरु मार्फत  युद्ध स्तरमा  खाेजी गरि सबै जिल्ला  हुदै  पालिका स्तर सम्म परिक्षण ल्याबकाे र्ब्यबस्था गर्नु  अहिलेकाे चुनौती  र आबश्यकता रहेकाे छ ।

काेराेना  भाईरससंक्रमणकाे चक्रीयप्रभाब  ५/६ महिना हुदै १ बर्षसम्म   हुन सक्ने  जुन अनुमान गरिएको छ,अब यसका  आधारमा पुर्बतयारी गर्न जरुरी छ।   लकडाउन पछि बस्तुकाे उत्पादन ,माग र आपूर्तिमा समस्या उत्पन्न  भएकाे छ ।लकडाउनका कारण हिडडुल गर्न हुदैन,घरबाट बाहिर पनि निस्कनु हुदैन  भन्ने बुझाईका कारण गाउँ घरमा  खेतीपाती लगाउने कार्य पनि नभएको भन्ने समाचार आएका छन ।यस्तै  प्रायः पसलहरु बन्द  हुने स्थितिले किसानहरुले उत्पादन गरेका तरकारी जन्यबस्तु  बजारमा आई नपुग्दा खेतबारीमा नै कुहिन थालेकाे  छ ।दुग्ध बिकाश  संस्थान र नीजि क्षेत्रका डेरीहरुले किसानहरुबाट दूध लिन नलिए पछि ” “मिल्क हेालिडे” शुरुभएकाे छ, र किसानहरूले दुध  निशुल्क बितरण गर्न थालेका छन, भने शहरबजारमा खाध्यखबस्तु अझ खासगरी फलफूल ,तरकारीकाे आपूर्तिमा कमी आउन थाले पछि महंगी बढेकाे छ।यस्तै पाेल्ट्री फर्ममा लाखौंलाख चल्लाहरु मरेकाे भन्ने समाचारले पाेल्ट्री ब्यबसाय समस्या ग्रस्त बनेकाे छ ।  यस्तै बजारमा बस्तुकाे सहज आपूर्ति नहुदा र डेलिभरीकाे ब्यबस्था नहुदा एक मुठ्ठा सागकाे दस पन्ध्र रुपैयाँमा पाईने साग अहिले  साठी  सतरीमा किनबेच भएबाट  महगी कुन स्तरमा उकालो  लाग्न थालेकाे छ, सहजै  अनुमान गर्न सकिन्छ ।

लकडाउनकाे अवधिमा  काम नै गर्नु हुदैन भन्ने जुन भ्रम उत्पन्न भएकाे छ,यसमा मुख्य समस्या भनेकाे सचेतनता कै कमी रहेकाे देखिन्छ। एक अर्काे बिच सम्परक्रित नभईकन दुरी फराकिलाे बनाएर  सुरक्षित  तवरले  घर आधारित  र खेतीबाली आधारित काम गर्न हुन्छ भन्ने सचेतनता अभिबृद्दि गर्नु अहिलेकाे मुख्यचुनाैती छ ।याे काममा राजनीतिक दल,शिक्षक,बुद्धिजीवी र पेशागत संगठनहरुबाट  सुरक्षित तवरले हरेक घरपरिवार सम्म पुगेर सचेतनता अभिबृद्दि गर्नु पर्दछ र  सावधानी तथा सुरक्षाका विधि अवलम्बन गरेर जनजीबनलाई सामान्य बनाएर लकडाउन कै अवधिमा  उत्पादन र आपूर्तिलाई नियमित नगर्ने  हाे भने लामो  अवधी सम्म कायम रहन सक्ने काेराेना भाईरसकाे संक्रमणले समाजमा अस्तब्यस्त र अराजकता उत्पन्न हुन सक्ने स्थितिलाई ध्यान दिन जरुरी छ।अतः किसान हरुलाई  अहिलेकाे संकटपुर्ण घडीमा पशुपालन  गरि दुग्धजन्य पदार्थ  उत्पादन  गर्न प्रेरित गर्दै  उत्पादित दूध संकलन गरेर धुलाे दूध उत्पादन गर्ने र आन्तरिक माग भन्दा बढी निकासी  गरी निर्यात  व्यापार बढाउने, दुग्धजन्य खाध्यबस्तु उत्पादन गरि  मानिमानिसहरुकाे  फुड ह्याबीट परिवर्तन गर्ने सचेतनता अभीबृद्दि गरि दुग्धजन्य खाध्य बस्तु उपभाेग गर्ने  बानी बसाउन सक्दा  खाध्यबस्तुकाे आपूर्तिकाे कमीलाई ब्यबस्थापन गर्न मद्दत पुग्दछ ।

नेपालकाे अर्थतन्त्र  आयात आधारित भएकाे र अहिले छिमेकी मुलुक  भारत लगायत तेश्राे मुलुकबाट  उधाेगलाई आबश्यक पर्ने  कच्चापदार्थ र दैनिक  उपभाेग्य बस्तु  आयातमा कमी आएकाे र ती मुलुकहरुमा पनि उत्पादन  र आपूर्तिमा कमी आईथप समस्या उत्पन्न हुने देखिन्छ  ।अतः दैनिक उपभाेग्य खाध्य बस्तु र तरकारीकाे माग ,उत्पादन र आपूर्तिमा आउन सक्ने समस्यालाई मध्यनजरमा ध्यानमा राखी पर्याप्त सुरक्षित खाध्य भण्डारकाे ठाउँ ठाउँमा  ब्यबस्था गर्नु, गाउँ घरमा  बांझाे र खेर गएका जग्गा जमीनमा पकेट क्षेत्र  निर्धारण गरि  छिटो उत्पादन हुने खाध्यबस्तु , तरकारी बाली र फलफुल खेती लगाउन कृषकहरुलाई राहतमुलक  कार्यक्रमकाे घाेषणा गर्नु अहिलेका चुनौती  र अभिभारा हुन ।यस्तै  श्रम कम प्रयोग हुने प्रबिधि  र मेशिनिकरणकाे प्रयाेग गरेर  तराईका खेतीयोग्य  तथा बांझाे जमीनमा पकेट क्षेत्र घाेषणा गरेर मास स्केलमा खाध्यबस्तु तथा  तरकारी  उत्पादन गरेर आपूर्तिमा  आउने समस्यालाई  समाधान गर्ने  र बढी भएकाे बस्तु निर्यात व्यापार बढाउने उपाय पनि भएकाे हुदा सरकारकाे यश तर्फ ध्यान जान जरुरी  छ ।

बर्तमान संकटपुर्ण स्थितिमा उधाेग कलकारखाना सुचारु संचालन नहुदा  दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु कामबाट बंचित भएका छन ।यसरी दैनिक श्रम गरि गुजारा चलाउने श्रमिकहरु, अन्ध अपांगहरु, लामाे समय देखि जिर्ण राेगी बिरामीहरुकाे लगत तयार गरि    लकडाउनकाे अवधिका आधारमा कम्तीमा २/३ महिनालाई खान पुग्ने गरि निश्पक्ष र पारदर्शी तवरले  राहत बितरण गर्न जरुरी छ। यसका लागि सबै पालिकाका वडास्तरका जनप्रतिनिधि, वडा टाेलका  राजनीतिक दलका प्रतिनिधि  र बुद्धिजीवीहरुलाई परिचालन गरेर वास्तविक लगत तयार गर्न आबश्यक छ । राहत बितरणकाे मापदण्ड  सबैतिर एकै किसिमकाे हुदा समन्याय कायम हुने हुदा यसमा संघीय सरकारले ठाेस  नीति बनाउन जरुरी छ ।

यस्तै राेजगारमुलक राहतकाेष खडा गरेर कामबाट बंचित श्रमिकहरु,गरिब र बेरोजगार मानिसहरू ,बैदेशीक राेजगारीबाट फिर्ता  भई आएका र यश पछि पनि देश भित्र फिर्ता भई आउने मानिसहरुलाई लक्षित गरेर हरेक स्थानीय तहमा नै शीपमुलक तालिम प्रदान गरि याे राेजगारमुलक राहतकाेषबाट सिड पुंजी प्रदान  गर्नु पर्दछ र यसरी  उनीहरुलाई स्वराेजगार बनाउने  याेजनालाई बनाउन पर्दछ । र यसरी उत्पादन भएकाे बस्तुकाे स्थानीय तहमा नै बिक्रीवितरण  गर्ने  केन्द्र स्थापना गर्नु पर्दछ, र बढी उत्पादन भएको बस्तु निर्यात गर्ने  रणनीति बनाउन जरुरी  छ । यस्तो महामारीकाे बेला व्यापक उत्पादन, राेजगारी अभिबृद्दि, निर्यात बृद्दि गर्ने रणनीतिका लागि  सबै  राेजगारी,र उत्पादन बृद्दि गर्ने खालका सरकारी बजेट, अनुत्पादक  तथा सुबिधाजन्य सार्वजनिक खर्चको कटौती र नयाँ बिकाश आयाेजनाकाे स्थगन गरि  रकमानन्तर गर्ने र  सांसद बिकासकाेषकाे बजेटकाे पनि यहीँ  राेजगारमुलक राहतकाेषमा केन्द्रीत गरेर  यश काेषबाट राेजगारीका लागि देशब्यापीरुपमा पुंजी प्रदान  गर्न सकियाे भने काेराेना संक्रमणबाट  अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्न सकिन्छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १४:२० मा प्रकाशित

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दाको फर्छौट न्यायिक प्रणालीको प्रभावकारीता मापन गर्ने महत्वपूर्ण आधार...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...