back
CTIZAN AD

एनआरएनए उपाध्यक्ष सोनाम लामाले गरे अमेरिकाबासी नेपालीलाई यस्तो अपिल

वि.सं.२०७६ चैत २५ मंगलवार

795 

shares

२५ चैत,अमेरिका । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले अमेरिकाबासी नेपालीलाई फुटेर होइन जुटेर सहयोगी भावना लिएर कामगर्न अपिल गरेका छन् ।

अमेरिकामा ठूलो मानवीय क्षति भइसकेको र अझै क्षति हुने क्रम जारी रहेको र तत्काल नियन्त्रणमा आउँने संकेत नदेखिएको कोभिड–१९ को यो महामारीमा नेपाली समुदायका सदस्यहरुलाई पनि गुमाउनु परेको पीडा व्यक्त गर्दै लामाले भनेका छन् ‘अनाहक र असामयिक रुपमा हाम्रा सदस्यहरु गुमाउनु पर्दाको पिडाले यतिखेर अमेरिकामा रहेको हाम्रो नेपाली समुदाय निकैं मर्माहत भएको छ ।’
उनले अमेरिकाबाहेक यूके, कतारमा बसोबास गर्ने नेपाली समुदायको सदस्यलाई समेत गुमाउनु परिरहेको निकै पीडादायी र दुःखद खवर रहेको बताउँदै विभिन्न देशमा नेपालीहरु संक्रमीत हुने क्रम समेत जारी रहेको देखिएको समेत बताएका छन् ।

‘अहिले अमेरिकाको हाम्रो समुदायले कोभिड–१९ को ठूलो मार खेप्नुपरेको छ । कोभिड–१९ ले अमेरिकामा रहेका नेपाली विद्यार्थी देखि सबैंको जनजीवन प्रभावित बनेको छ । यसको असर अबको केही समयसम्म रहने र आगामी दिनमा अझ देखिदैं जाने सम्भावना छ,’ उनले एक अपिलमा भनेका छन्, ‘यो कठिन अवस्थामा हामी सबैं एक भएर एकले अर्कोलाई सहयोग गर्दै यो संकटलाई पार लगाउनुपर्ने अवस्था छ । यो बेला विना स्वार्थ हामीले सकेको ठाउँमा सहयोग गर्ने र हाम्रो समुदायमा कसैंलाई दुःख पर्दा हामी सँगैं छौं भन्ने सन्देश दिन जरुरी छ । म अमेरिकावासी सबैंलाई एक भएर सहयोगी हात अघि बढाउन आग्रह गर्दछु ।’

यस्तो छ उनको अपिल
विश्वभरि रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरुमा नमस्कार ।

यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त छ । मानव जातीकै लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा आएको यस महामारीले विश्व जगत नराम्ररी प्रभावीत भइरहेको छ । कोरोनाले विश्वका विभिन्न देशमा बस्नुहुने गैर आवासीय नेपालीहरु समेत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रभावीत हुनु भएको छ ।

अहिले विश्वभरी महामारी फैलिरहेको कोरोनाले गैर आवासीय नेपालीमा प्रत्यक्ष असर पुर्याइरहँदा अमेरिकाबासी गैरआवासीय नेपालीमा भने यसले गहिरो चोट पुर्याएको छ । तपाई हामी बस्दैं आएको अमेरिका अहिले कोरोना संक्रमणले ग्रस्त छ । अमेरिकामा ठूलो मानवीय क्षति भइसकेको र अझै क्षति हुने क्रम जारी छ । तत्काल नियन्त्रणमा आउँने संकेत नदेखिएको कोभिड–१९ को यो महामारीमा नेपाली समुदायका सदस्यहरुलाई पनि हामीले गुमाउनु परेको छ । अनाहक र असामयिक रुपमा हाम्रा सदस्यहरु गुमाउनु पर्दाको पीडाले यतिखेर अमेरिकामा रहेको हाम्रो नेपाली समुदाय निकैं मर्माहत भएको छ । अमेरिकाबाहेक यूके, कतारमा बसोबास गर्नुहुने नेपाली समुदायको सदस्यलाई समेत गुमाउनु परिरहेको निकै पीडादायी र दुःखद खवर छ भने विभिन्न देशमा नेपालीहरु संक्रमीत हुने क्रम समेत जारी रहेको देखिन्छ ।

यो अवस्थामा म अनाहकमा ज्यान गुमाउनुहुने हाम्रा नेपाली समुदायका सदस्यहरुप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथैं उपचार गराइरहनुभएका र कोभिड–१९ को संक्रमण देखा परेका सबैंको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । विश्वभर रहनुभएका सम्पूर्ण नेपालीमा सुरक्षित भएर बस्न र आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सबैंको सुस्वास्थ्यको समेत कामना गर्दछु ।

अहिले अमेरिकाको हाम्रो समुदायले कोभिड–१९ को ठूलो मार खेप्नुपरेको छ । कोभिड–१९ ले अमेरिकामा रहेका नेपाली विद्यार्थी देखि सबैंको जनजीवन प्रभावित बनेको छ । यसको असर अबको केही समयसम्म रहने र आगामी दिनमा अझ देखिदैं जाने सम्भावना छ । यो कठिन अवस्थामा हामी सबैं एक भएर एकले अर्कोलाई सहयोग गर्दै यो संकटलाई पार लगाउनुपर्ने अवस्था छ । यो बेला विना स्वार्थ हामीले सकेको ठाउँमा सहयोग गर्ने र हाम्रो समुदायमा कसैंलाई दुःख पर्दा हामी सँगैं छौं भन्ने सन्देश दिन जरुरी छ । म अमेरिकावासी सबैंलाई एक भएर सहयोगी हात अघि बढाउन आग्रह गर्दछु ।

गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ लाई लिएर नेपाली समुदायलाई सचेतना दिने जस्ता निकै प्रशंसनीय कार्यहरु गरिरहेको छ । यो घडीमा गैर आवासीय नेपालीलाई पर्दा एनआरएनए छ भन्ने सन्देश दिन एनआरएनए अमेरिका सफल भएको छ भन्ने मलाई लागेको छ । यो अवस्थामा हामी सबैंले एनआरएनए अमेरिकाले बनाएको कोभिड–१९ राहत कोषलाई बढी भन्दा बढी मजबुत बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

एनआरएनए आइसिसीले अन्तराष्ट्रिय रुपमा कोष बनाइसकेको अवस्था छ भने एनआरएनए अमेरिकाले अमेरिकाबासी गैर आवासीय नेपालीको निम्ति सहयोग गर्न कोष बनाएर आर्थिक संकलन गरिरहेको छ । आइसिसीले कोविड–१९ उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ भने कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कोषाध्यक्ष श्री महेश श्रेष्ठको संयोजकत्वमा राहत कोषको उपसमिति निर्माण गरिसकेको छ । सो उपसमिति मेरो परोपकार तथा राहत विभाग अन्तर्गत रहेर बनाएको पनि यहाँहरुमा जानकारी गराउन चाहान्छु । विश्वभरि नै आइसिसीको तर्फबाट कोष संकलन गर्दै आवश्यक राहत तथा सहयोग गर्ने कार्य भइरहेको छ ।

यस विपत्तिको बेला अमेरिकाबासी तपाई हामी सबैंले हातेमालो गरेर सहयोग आवश्यकता पर्ने नेपालीलाई सहयोग गर्नका लागि एनआरएनए अमेरिकाले बनाएको कोषमा सहयोग गर्न समेत म सबैंमा अपिल गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको शक्ति र स्रोतलाई विभाजन गर्ने नभई सबैं शक्ति एक ठाउँमा लगाउने हो, त्यसका लागि विना स्वार्थ सहयोगको अभियानमा सबैं एक हुन पनि म सम्बन्धित सबैंमा आग्रह गर्दछु ।

अन्तमा, अहिले तपाई हामी सबैं सुरक्षित रुपमा बसौं, सकेको सहयोग गरौं, सहयोग गर्नका लागि समुदायमा आग्रह गरौं, हामी सबैं मिलेर कोभीड–१९ ले कम नेपालीमा असर गर्न सक्ने वातावरणको निर्माण गरौं । फुटेर होइन जुटेर सहयोगी भावनाले काम गरौ । कोरोना विरुद्धको लडाई सफल पारौं ।’ धन्यवाद ।

वि.सं.२०७६ चैत २५ मंगलवार १४:२८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...