बुबाको कुरो सुने पछी जमिन्दारका पाचै भाइ छोराहरुले अब गाउँमै बसेर आ–आफ्नो योग्यता अनुसार एकले आफु पढेको स्कुलमा पढाउने अर्काेले स्वास्थ्य चौकी बनाउने र सेवा गर्ने अनि अर्काेले बाताबरण जोगाउन लाग्ने अर्काेले बैज्ञानिक तरिकाले खेतिपाती गर्न गाउँलेलाई प्रशिक्षण दिने र जेठो छोरोले समाजमा भएको जातिपाती छुवाछुत जस्ता विभेद हटाएर ‘समान मानबिय मूल्य र मान्यता’को मर्मलाइ ब्यबहारमा देखाउन गाउँलेहरुमा सचेतना जगाउने काम गर्ने निर्णय गरे ।
एउटा गाउँका जमिन्दारका ५ भाइ छोरा थिए । एक से एक तेजस्वी उनका छोराहरु गाउँमा माध्यमिकस्तरको पढाई सिध्याएपछी कलेज पढ्न भन्दै क्रमसः शहर पसे ।
शहरमा कलेजको पढाइ सकिएपछी फेरी एकपछी अर्काे गर्दै बिदेश पढ्न गए ।
बिदेशमा उच्च शिक्षा हासिल गर्न सफल भए । त्यसैगरि क्रमैले सबै भाइले विदेश मै सुन्दर सुसिल शिक्षित केटि छानेर बिहे गरे राम्रो सुबिधा तलब भएको जागिर पाए । आलिसान घर महँगो कार अनि भौतिक सुविधाले सम्पन्न भए ।
धेरै बर्षपछी एक दिन सबै भाइ सल्लाह गरेर परिवारसहित बुबामुमाको मुख हेर्न दशैको मौका पारेर गाउँ फर्किए ।
उनिहरुलाई गाउँको रुप बदलिएको देखेर आश्चर्य लाग्यो । गाउँमा सडक पुगेको थियो । गाउँको घरघरमा बिजुली बत्ति बलेको थियो । सबको हातमा आधुनिक हाते फोन थियो । गाउँका युवाहरुले सामूहिक रुपमा बाख्रापालन, बंगुरपालन गरेका थिए । सागसब्जीका खेति फलफूलका बिरुवाहरुले भरिएर गाउँ हरियालीले मनमोहक भएको थियो ।
जमिन्दार बुबा अझै पनि हट्टाकट्टा र हसमुख देखिन्थे । उनले पनि आफ्नो घर वरिपरी पाखा बारीमा पशुपालन अनि सागसब्जी र फलफूलका बिरुवा रोपी सुन्दर बंगैचा बनाएका थिए ।
त्यो देखेर जमिन्दारका छोराबुहारी अनि साना नानिहरु पनि धेरै खुसि भए हर्षबिभोर भए । फलैचामा बसेर जमिन्दारका बुढा बुढी आफ्ना सन्तानहरु आएको टाधाबाट नै हेरीरहेका थिए । उनिहरुमा दशकौँ पछी आफ्ना सन्तानहरुको मुख देख्न पाउँदा हर्षको आँशु बगीरहेको थियो ।
छोराहरुमा पनि त्यहि हाल थियो आफ्ना मुमाबुबाबाट छुट्टिएको लामो समय पछी भेट हुँदा आँखा रसाई रहेका थिए बोलि नै फुट्न सकेको थिएँन ।
जमिन्दारनीले आफ्ना सन्तानलाइ टिका लगाई अनि दियो बालेर स्वागत गरिन र छोराबुहारीले खुट्टामा ढोग गरे सबैलाइ अँगालो मार्दै घर भित्र प्रवेश गराइन । खाना पहिले नै तयार थियो ।
टोल, छरछिमेकीहरु पनि भेट्न आएका थिए उनिहरु सित लामो भलाकुसारीपछी भोलि भेट्ने भन्दै गाउँले आ–आफ्नो घर गए अनि जमिन्दारका परिवार पनि सबै सुते ।
बिहान भयो । जमिन्दार बुढाले सबै छोराहरुलाई उठाए अनि उनिहरुलाई फलैचामा बोलाए वरिपरी बसाले अनि भने ‘ल अब तिमिहरु आ–आफ्नो जीवनको अनुभब सुनाओ मलाई ।’ सबै छोराहरुले मैले यस्तो दुःख गरेर पढे यस्तो राम्रो जागिर पाए मेरो यस्तो घर छ । यस्तो कार छ । यस्ती जीवन साथी छिन । यस्तो सुबिधा छ । आनन्द छ । सुख छ आदि आदि भनेर धेरै सफलताको कुरो सुनाए । तर अन्तमा सबै छोराले उस्तै प्रश्न गरे ‘बुबा ! खोइ पैसा त धेरै कमाइयो नाम पनि कमाइयो तर दिनानुदिन कामको बोझ र मानसिक तनाव बढ्दै गएको छ पहिलेको जस्तो आनन्दित र खुसिको जीवन छैन। किन यस्तो भएको बुबा ?’
छोराहरुको कुरा सुनी सके पछी जमिन्दारले भने छोरा हो तिमिहरु माथि कोठामा जाओ त्यहाँ मैले तिमिहरुलाई उपहार दिन केहि सामान राखेको छु लिएर आओ तर एक जनाले एउटा मात्र सामान लिन पाउने छ नि !
हस बुबा भन्दै छोराहरु कोठामा छिरे । त्यहाँ काच देखि सुन सम्मका अनेक बस्तु राखिएका देखे । सब लोभ लाग्दो थियो । कसले कहिले एउटा उठाउँछ त्यो राख्छ फेरी अर्काे उठाउँछ अनि अर्काेको हातमा हेर्छ । यसो गर्दागर्दै धेरै समय बित्यो कुनै छोराले पनि एउटा सामानमा चित्त बुझाएर लिन सकेनन । एक अर्काको हात हेर्दै सामान छान्दै व्यस्त भए । छोराहरु कोठाबाट फर्केर आएनन अनि जमिन्दार बुबा आफै कोठामा गए हेर्छन त त्यहाँ छोराहरु हस्याङ्ग फस्यांग गर्दै एकपछी अर्काे सामान उठाउदै राख्दै गरि राखेका थिए । बुबाको प्रवेश पछी उनिहरु शान्त भएर उभिए ।
जमिन्दारले सोधे भेट्यौ त जवाफ तिमिहरुले ? छोराहरु चुप लागेर उनको मुखमा हेरी मात्र रहे ।
अनि जमिन्दारले भने हेर लालच नै जीवनको कहिल्यै कम नहुने बोझ र तनाब हो तिमिहरुले देखेको यो सस्तो महँगो समानको भ्रम हो । रंगिन बुट्टा भरिएको मात्र ति सबै सामान काँचको हो मूल्य पनि उत्तिकै र फुटे पछी मुल्यहीन । तिमि हरुले राम्रो र महँगो हात पार्ने कोसिसमा यहाँ कोठामा यत्रो समय लगायौ । तर केहि निर्णय गर्न सकेनौ । यहि नै हो बोझ र तनावको कारण हो जे छ बुबाले दिएको सबै समानको मुल्य पक्कै समान हुनु पर्छ भनेर एउटा सामान उठाउन सकेको भए तिमिहरुलाई सन्तोष मिल्ने थियो । जे मिल्यो त्यसमा शन्तोष लिन सक्नु पर्छ । हेर म आए तिमिहरु शान्त भयौ म कालको स्वरूप थिएर एउटा जीवन सधै यसरी नै भ्रममा बिताउने हो भने केहि सार हुन्न एकदिन म ढोकामा उभिएझैँ काल आउछ टिपेर लान्छ र जीवन मृगतृष्णामा नै सकिन्छ ।
हेर, तिमिहरुका सहपाठी यहाँ आफ्नो पुख्र्याैली पाखा बारीमा खेति गर्छन गर्छन कोइ स्कुल पढाएर आफूमा प्राप्त ज्ञान अरुलाई बाँडी रहेछन बिहान बेलुका ए काका ए दिदि ए आमा ए भाइ ए साथी भन्दै हासेर अपनत्व देखाउँदै मेला पर्ब चलाई रहेछन् । उनिहरु आकास छुने सपना देख्दैनन् अनि लड्ने खस्ने चिन्ता पनि छैन । उनिहरु पहिले जस्तो खुसि आनन्दित थिए अहिले पनि त्यस्तै छन् तिमिहरु ठूलो काम गर्छाै धेरै पैसा नाप्छौ । अनि सधै जागिर प्रतिको आशक्ति र सुरक्षामा तदनुरूपको आडम्बर को बचाउमा लागि रहेछौ त कसरी पुर्बबत आनन्दको जीवन बिताउन सक्छौ ? तिमिहरु सन्तान भन्दा बढी चिन्ता जागिरको लिन्छौ अनि हुर्काउने बढाउने बुबा मुमाको भन्दा बढी चिन्ता सन्तानको लिन्छौ जब अगाडिको मात्र चिन्ता र सोच लिए पछी पहिलेको जस्तो आनन्दको जीवन कसरि हुन्छ त ?
बुबाको कुरो सुने पछी जमिन्दारका पाचै भाइ छोराहरुले अब गाउँमै बसेर आ–आफ्नो योग्यता अनुसार एकले आफु पढेको स्कुलमा पढाउने अर्काेले स्वास्थ्य चौकी बनाउने र सेवा गर्ने अनि अर्काेले बाताबरण जोगाउन लाग्ने अर्काेले बैज्ञानिक तरिकाले खेतिपाती गर्न गाउँलेलाई प्रशिक्षण दिने र जेठो छोरोले समाजमा भएको जातिपाती छुवाछुत जस्ता विभेद हटाएर ‘समान मानबिय मूल्य र मान्यता’को मर्मलाइ ब्यबहारमा देखाउन गाउँलेहरुमा सचेतना जगाउने काम गर्ने निर्णय गरे ।
छोराहरुको यो निर्णय सुनेर जमिन्दार ज्यादै खुसि भए र गाउँलेलाई यो खुसीको खबर सुनाउँछु भनेर हर्षको आँशु पुछ्दै गाउँ तिर लागे ।
वि.सं.२०७६ चैत २५ मंगलवार १४:०५ मा प्रकाशित