back
CTIZAN AD

यी हुन् कोरोनासंग लड्न सरकारले अपनाउनुपर्ने रणनीति-डा. रवीन्द्र पाण्डे

वि.सं.२०७६ चैत २५ मंगलवार

792 

shares

२५ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले कोरोनासँग लड्नका लागि सरकारले यी विभिन्न रणनीति अपनाउनुपर्ने बताएका छन् ।

ब्यबहारिक रुपमा भन्नुपर्दा भारतले जहिलेसम्म लक डाउन गर्छ, त्यो बेलासम्म नेपालले पनि लक डाउन गर्नुपर्ने बताउँदै डा पाण्डेले अन्यथा उताको महामारी यता आउने डर हुनेतर्फ समेत सजग गराएका छन् ।

‘भारतले अझै १ महिना लक डाउन गर्छ । भारतले छिटो लक डाउन खोल्यो भने पनि नेपालले सीमा क्षेत्रमा पुरै लक डाउन गर्नुपर्छ ।’ डा पाण्डेले भनेका छन् ।

-दैनिक काम गरेर खाने व्यक्ति, अति निम्न आय भएका व्यक्ति तथा कोरोना संक्रमणले बेरोजगार भएका व्यक्तिलाई राज्यले महिनाको १५,००० (नगद तथा ५० किलो चामल राहत दिनुपर्छ । भोको पेटले लक डाउन पालना गर्न गाह्रो हुन्छ ।

-स्थानीय निकायले प्रति परिवार के कति राहत दिने भनेर सरकारले निर्देशन दिनुपर्छ ।

-प्रदेश सरकारले रोग नियन्त्रण तथा राहत कार्यक्रम चलाउनु पर्छ ।

-सुरक्षा निकायलाई बोर्डरमा बाक्लो गस्ती तथा सिमानाका बासिन्दालाई राहत सहित जनचेतना प्रदान गर्नुपर्छ ।

-त्यस्तै राज्यले गाउँ जाने बाध्यता भएका तर सहरमा फसेका व्यक्तिहरुलाई २–३ दिनको समय दिएर गाउँ जाने प्रबन्ध गर्नुपर्छ ।

-प्रधानमन्त्री रोजगार कोष, सांसद बिकास कोष जस्ता कार्यक्रमको बजेट राहतमा खर्च गर्नुपर्छ । पहिले मान्छेको ज्यान बचाउनु ठूलो कुरा हो ।

-बिरामी हेर्न नमान्ने प्राइभेट अस्पताललाई राज्यले लिनुपर्दछ । यसमा कम्प्रोमाइज गर्नु हुँदैन ।

-त्यस्तै औषधि उपकरण खरिद अनियमितता गरेका सबैलाई बर्खास्त गर्नुपर्छ । यसो गरेमा भ्रष्ट डराउने अवस्था आउँछ ।

-यो महा बिपद्मा भ्रष्ट्राचार गर्ने, कमिसन खाने, सेटिंग मिलाउने, सक्रिय भएर काम नगर्नेलाई देशद्रोहको मुद्दा लगाएर जेल हाल्नुपर्छ । कालोबजारी गर्नेलाई पनि देशद्रोहको मुद्दा चलाउनु पर्छ ।

-प्रत्येक वडामा सुपथ मूल्य पसल खोल्नुपर्छ । जनतालाई सुगम हुनेगरी अत्यावश्यक बस्तु तथा औषधिको उपलब्धतामा ध्यान दिनुपर्दछ ।

-राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनैतिक लाभको पदमा बसेका व्यक्ति आदिले आफ्नो कमाइको ५० प्रतिशत राज्यकोषमा दाखिल गर्नुपर्दछ ।

-बिद्यालय, अस्पताल, सेवाग्राही सरकारी कार्यालय, निजी कार्यालय आदिले अनलाइन कार्यक्रम सुरु गर्नुपर्छ ।

-कोरोना परिक्षण गरेर नेगेटिभ देखिएका मजदुरलाई उद्योगमै खाने, बस्ने, काम गर्ने ब्यबस्था गर्नुपर्छ ।
कोरोना संक्रमण परिक्षणको दायरा बढाएर कोरोना नेगेटिभ भएकाहरुबाट कार्यालय, पसल लगायतका काम गराउनुपर्छ । कोरोना भाइरस हराउन लामो समय लाग्न सक्छ भन्ने कुरा हेक्का राखेर सुरक्षितरूपमा काम गर्ने प्लान बनाउनु जरुरी छ ।
-सातै प्रदेशका ठूला अस्पताल वा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा बिकास गर्नुपर्छ । हरेक जिल्ला अस्पतालमा कोरोना जाँचको ब्यबस्था गर्नुपर्छ ।

-सरकारले चीन, भारत, WHO  देखि अन्य सम्भब ठाउबाट कोरोना जाँच किट, PPE तथा भेन्टिलेटर ब्यबस्था गर्न बिभिन्न कुटनीतिक च्यानल प्रयोग गर्नुपर्दछ ।

-आइसीयु तथा भेन्टिलेटर चलाउने जनशक्ति हामीकहाँ कमी छ । सयौं डाक्टर तथा नर्सलाई भेन्टिलेटर चलाउने तथा आइसीयुमा काम गर्ने तालिम दिनु अपरिहार्य छ । दक्ष जनशक्ति नभए उपकरणको कुनै अर्थ हुँदैन ।

-स्वदेश आउन चाहने नेपालीलाई स्वदेश ल्याएर ३ हप्ता क्वारेन्टाइनमा राखेर घरफिर्तीको बाताबरण बनाउनुपछ ।

-कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा मन्त्रीहरु मात्र होइन सम्बन्धित क्षेत्रका कर्मठ बिज्ञहरुलाई राख्नुपर्छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १३:५४ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...