back
CTIZAN AD

कविताः प्रतिउत्तर यताको खबर

वि.सं.२०७६ चैत २५ मंगलवार

1.3K 

shares

हिक्मतजी,
यता नारायणी, राप्ती र कर्रा पनि,
बेन्यु, निजर र नायल जस्तै,
लक्डाउन अवधिभरी
बग्दै नबगी टक्क अडेको हुन सक्छ !
माझीहरु पनि बल्छी र जाल नहानी
पक्कै कतै ओतेको हुनसक्छ !
सिङ्गो शहर सन्नाटा छ,
चुपचाप अनि निःशब्द
मुर्दा सरह …
नमिठो सत्य आत्मसात गरी
मिठो भ्रममा बाँचेजस्तै,
मर्ने बिभिषिकाबाट बाँच्ने जिजिविषाले
अचेल,
हरेक व्यक्ति,
परिवार,
समाज,
देश

सिंगो विश्व
कोठाभित्र गुजुल्टिएको छ !
मलाई थाहा छैन,
श्रीष्टि एकाएक रोकिएको हो कि ?
फगत भ्रम ?
कुलेखानी इन्द्रसरोबर पनि पक्कै स्तब्ध होला !
भोल्टा, चाड र भिक्टोरिया जस्तै !
टाउको माथि पसल बोक्दै, बेच्दै हिंड्ने
‘निके’ ‘मामा उचे’ जस्तै यहाँ पनि
तरकारी बेच्ने ‘भैया’ र पानीपुरी बेच्ने ‘सुरेशवा’ पनि
कहाँ लापत्ता भएका होलान
सिङ्गो अजङ्गको सडकबाट ?
यहाँ विषाक्त हावा र थोपाबाट बच्न
उपचारको क्रममा
डाक्टर र नर्सहरु साधारण सर्जिकल मास्क लाउछन् !
कतै जानु नपर्ने मन्त्री र आसेपासेहरु N-95 मास्क लाउँछन् !
बिपत्तको बेला औषधि र उपकरण खरिदमा कमिशन घिच्नेहरु,
त्यहाँ त पक्कै छैनन् होला,
यहाँ नारायणी सुस्ताउन छोडे पनि,
राप्ती बग्न छोडे पनि,
कर्रा टक्कै अडे पनि
तिनीहरुको भ्रष्टाचार रोकिएको छैन !
त्यहाँ समय, बिग्रिएको घडीजस्तै टक्क रोकिएका होलान !
यहाँको त समयले नै घडी बिगारेको छ !
यहाँको त समयले नै घडी बिगारेको छ !

यताको खबर

वि.सं.२०७६ चैत २५ मंगलवार १३:१४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...