back
CTIZAN AD

शिक्षक नेताहरुको अनलाइन बैठक, यस्ता छन् ७ निर्णयहरु

वि.सं.२०७६ चैत २५ मंगलवार

2.2K 

shares

२५ चैत्र, काठमाडौँ । एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीले अनलाइन बैठक सम्पन्न गरेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका पदाधिकारी मध्ये अनलाइनमा सम्भाब्य र उपलब्ध शिक्षक नेताहरूको भिडियो बैठकले बिभिन्न ७ वटा निर्णय गरेको अध्यक्ष शंकर अधिकारीले जनाएका छन् ।

१) बैठकले ज्ञात अज्ञात सहिदहरु प्रती भावपुर्ण श्रदान्जली अर्पण गरियो साथै संगठनका केन्द्रीय उपाध्यक्ष नानू मैया पराजुलीका बुबा शेरबहादुर पराजुली, संगठनका केन्द्रीय सदस्य केशव सुबेदिको आमा मनमाया सुबेदिको ९५ बर्षको उमेरमा र संगठनका कालिकोट जिल्ला सचिब प्रकाश शाही प्रति भाबपुर्ण श्रदान्जली अर्पण गर्नुका साथै परिवारजनप्रती समवेदना प्रकट गर्यो ।

२) बैठकले कोभिड १९ भाइरसका कारणले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा देखापरेको आर्थिक, सामाजिक र मानबिय संकटलाई राष्ट्र अनकुल समाधान गर्न राज्यले अंगिकार गरेको निति नियमलाइ कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई हरतरहले अनकुलतामा परिचालन गरि सहयोग गर्ने निर्णय गर्यो ।

३) बैठकले नेपाल शिक्षक महासङ राष्ट्रिय समितिले अपिल गरेको १ दिनको तलबमान सहयोग अभियानलाई सफल पार्न नेपाल शिक्षक संघ संघीय समितिलाई पनि हातेमालो गर्न, एकद्वार प्रणालीमा सहभागी हुन र बिपत्तिको घडीमा संकटको परिक्षा पास गर्न सबै शिक्षक कर्मचारी साथीहरूलाई आह्वान गर्दै संगठनको प्रदेश, जिल्ला समन्वय र स्थानीय कमिटीलाई पहल गर्न निर्देश दिने निर्णय ग¥र्याे ।

४) बैठकले स्थगित SEE तथा ११ र १२ को परिक्षालाई मध्यनजर गरी विद्यार्थी र अभिभावकसंग निरन्तर सम्पर्कमा रहन साथै परिक्षा तयारीमा NTV +2 मार्फत दिनको ११ बजे देखी ३ बजे सम्म प्रशारण हुने कक्षामा बिद्यार्थीहरुलाई सहभागी हुन सहयोग गर्ने साथै नेपाल शिक्षक महासंघले संचालन गरेको प्रदेश स्तरिय विषयगत हेल्पडेस्कमा विद्यार्थीहरुलाई जोडने र ११–१२ को बिद्यार्थीहरुको लागी पनि सोही अनुसारको हेल्पडेस्क निर्माण गर्न नेपाल शिक्षक महासंघ र हिस्टुन नेपाललाई अनुरोध गर्ने निर्णय ग¥र्याे ।

५) बैठकले एकता प्रक्रियामा सहज हुनेगरी सागठनिक गतिविधि संचालन गर्ने र एकता बिरोधि गतिविधिप्रति सचेत रहने निर्णय ग¥र्याे ।

६) लकडाउनको अवधी लम्बिने अबस्थामा शिक्षा मन्त्रालयबाट संचालन हुने कक्षामा सहभागी हुन शिक्षक साथीहरूलाई प्राबिधिक क्षमता अभिबृदी गर्न संगठनले अनलाईन बहस छलफल सन्चालन गर्ने निर्णय गर्यो ।

७) शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले यस संकटको घडिमा पनि मुनाफामुखी कार्य र अमानवीय हर्कत देखाउने संस्थाहरु र मेडिकल माफियालाई राज्यबाट अनुगमन, नियमन र नियन्त्रण गर्न जोडदार माग गरिएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १७:३५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...