back
CTIZAN AD

नेकपाले गर्यो विदेशस्थित भातृसंगठनका अध्यक्षहरुसँग अनलाइन बैठक

वि.सं.२०७६ चैत २७ बिहीवार

765 

shares

२७ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार विदेशस्थित आफ्ना भातृ संगठन प्रवासी नेपाली एकता मन्चका अध्यक्षहरुसँग अनलाइन बैठक सम्पन्न गरेको छ ।

प्रबासी नेपालीहरुको वर्तमान अबस्था र समस्या समाधानका उपायहरु बारेमा प्रबासी नेपाली एकता मञ्चका राष्ट्रिय कमिटी अध्यक्षहरुका बीचमा उपलव्धीमूलक अनलाइन बैठक भएको नेकपाका प्रबास समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईंले बताएका छन् ।

बैठकले कोरोना संक्रमणको बिश्वव्यापी अबस्थालाई जनस्तरबाट नियाल्ने प्रयत्न गर्नुका साथै आफू बसीरहेको मुलुक स्वयम् कोरोना संक्रमणबाट प्रभावित र आफ्नो दैनिकी पनि त्यस परिस्थितीबाट नियन्त्रित भएता पनि नेपाल सरकारको कोरोना पीडि़त राहत तथा उद्धार कोषमा सक्दो आर्थिक सहयोग गर्ने अध्यक्षहरुले प्रतिवद्धता गरेको अध्यक्ष चौलागाईँले बताएका छन् ।

बैठकले हालसम्म कोरोनाको कारण (मृत्युको कारणबारे संभवत सबैको अन्तिम रिपोर्ट नआइसकेको अवस्था) ज्यान गुमाउने (अमेरिका मा ५, यूकेमा २, यूएई १) ८ जना नेपाली प्रति श्रद्धान्जलि अर्पण समेत गरेको छ ।
बैठकमा कोरोनाका कारण बिदेशमा रहेका नेपालीहरुको दैनिकी हाल थेग्न सक्ने दायरामै प्रभावित बनेको भएता पनि आगामी दिनमा अर्थतन्त्रमा आउन सक्ने गिरावटसंगै नेपालीहरुले झेल्न नसक्ने समस्या आउने संभावना रहेकोले त्यसतर्फ सजग हुन् समेत ध्यानाकर्षण गराइएको बताइएको छ ।

बैठकमा कमिटीका सचिव श्री प्रसाद शाह, सदस्य तिल बिक र प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष चानक पोखरेल, युएईका अध्यक्ष बाबुराम बिक, ओमानका अध्यक्ष उमेश विक, बहराइनका अध्यक्ष सालिग्राम पन्थ, साउदीका अध्यक्ष शीवराज जैशी, इजरायलका अध्यक्ष तीर्थ गौतम, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, फ्रान्सका अध्यक्ष भक्त वाग्ले, बेल्जियमका अध्यक्ष जित लामा, नर्वेका अध्यक्ष विश्वास बजगाईँ, डेनमार्कका अध्यक्ष उदयराज गौतम, अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा, बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, स्पेनका अध्यक्ष हेक शेर्पा र मलेसियाका अध्यक्ष रमेश तिवारीको सहभागीता रहेको थियो ।

वि.सं.२०७६ चैत २७ बिहीवार ११:३३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...