back
CTIZAN AD

न्यायाधिश कुँवर भन्छन्–यी हुन् कोरोनाले ल्याएका सकारात्मक तथा नकारात्मक परिर्वतन

वि.सं.२०७६ चैत २७ बिहीवार

960 

shares

२७ चैत, काठमाण्डौं । पाटन उच्च अदालतका न्यायाधिश टेक नारायण कुँवरले कोरोना भाइरस (कोभिड-१९) ले संसारभरी ल्याएको सकारात्मक तथा नकरात्मक परिवर्तनका बारेमा बताएका छन् ।

न्यायाधिश कुँवरले कोरोनाका कारण मानब जीवन तथा अन्य क्षेत्रमा ल्याएको १० सकारात्मक तथा १० नकरात्मक परिवर्तन यस्तो रहेको छ ।
सकारात्मक परिवर्तनः
१. मानव मात्रलाई जीवनको मूल्य र बाँच्न पाउने अधिकारको वास्तविक महत्वबोध हुनु

२ -विश्वभरी नै वातावरण प्रदूषणमा उल्लेख्य सुधार आउनु

३ -मानव जगतमा पारिवारिक मिलनको महत्व बुझाउनु

४- मानव जीवनको सार्थकताबारे तत्वज्ञानको बोध हुनु

५ -मानव जगतलाई इर्ष्या, रिस, लोभ, मोह, घमण्ड त्याग्नका लागि उत्प्रेरणा मिल्नु

६ -समानता, सहयोग, बन्धुत्व, प्रेम, मानव कल्याणको महत्वबोध हुनु

७ -कथित सान, मान, अहंकार, पद, प्रतिष्ठा, धन र भ्रष्टताको मूल्य कति रहेछ भन्ने तत्वज्ञान प्राप्त हुनु

८- पृथ्वीका सबै अवोध प्राणीहरुको कल्याणको आवश्यकताबोध हुनु

९ -सुखी जीवनका लागि सम्हाल्नै नसकिने अत्याधुनिकता एक्लै नहिंडि असल एवम संस्कारी अध्यात्मको संयोजनबाट अघि बढ्नुपर्ने आवश्यकता बोध हुनु

१० -हातहतियारको होडबाजी र नरसंहारकारी युद्दका विभिषिकाहरु मच्चाउनेहरुको मानव चेतमा परिवर्तन आउने संभावनाका ढोकाहरु खुलेको अवस्थामा विश्वमानचित्र देखिनु ।

नकारात्मक परिवर्तनः
१ -अनपेक्षित र ठूलो संख्यामा मानवमात्रको अकल्पनिय क्षति हुनु

२ -संपूर्ण विश्व नै यस महामारीको चपेटामा जकडिइ अझै कति क्षति हुने हो भन्ने कुराको आंकलन गर्न कठिन हुनु

३- विश्व अर्थतन्त्र नै असन्तुलित भइ चरम आर्थिक मन्दितर्फ विश्व नै धकेलिनपर्ने बाध्यता आइलाग्नु

४- विकासको गतिमा निरन्तर अघि बढिरहेका संसारका सबै राष्ट्रहरुको विकास गति ठप्प भइ भविष्यमा थप गति लिन निकै चुनौतिको सामना गर्नुपर्ने अवस्था आउनु

५ -विश्वभरका करोडौं मानिसहरुले रोजगारी गुमाउनु

६- अन्य रोगबाट पीडित मानिसहरुको उपचारमा ठूलो चुनौति थपिनु

७- भुखमरीको कारणबाट धेरैले ज्यान गुमाउनु पर्ने जोखिम बढ्नु

८- अरबौं मानिसहरु घरमा थुनिनुपर्ने बाध्यताले गर्दा वैयक्तिक स्वतन्त्रता गुमाउन पर्नुका साथै भोक रोग र शोकमा थप डुब्नुपर्ने अवस्थाको सिर्जना हुनु

९- विश्वमा बालबालिका तथा महिलाहरु केन्द्रित घरेलुहिंसाका अपराधमा बृद्दि हुनु

१०- विश्वमा मानव अधिकार संकुचन भइ निरंकुशता बढ्न सक्ने खतरा उत्पन्न हुनु।

वि.सं.२०७६ चैत २७ बिहीवार १९:५० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...