back
CTIZAN AD

गृहले भन्यो – राजधानी बाहिर पठाउने कुनै निर्णय गरिएको छैन

वि.सं.२०७६ चैत २७ बिहीवार

717 

shares

२७ चैत्र, काठमाडौँ । राजधानी छोड्न चाहनेलाई शुक्रबार र शनिबार बाहिर जान दिने भनि संचारमाध्यममा आएका समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई बाहिर जान दिने निर्णय गरेको भन्ने समाचार हल्ला मात्र रहेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता संचारमाध्यममा प्रसारित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै हाल काठमाडौँमा विभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले समेत यस्ता समाचार कसरी आयो भन्ने विषयमा आफै अचम्ममा परेको बताए । ‘उच्चस्तरीय समितिको बैठक बसेकै छैन, कसरी निर्णय भयो भनी समाचार आए, अचम्ममा परियो,’ उनले भने।

यसअघि प्रधानमन्त्री कार्यालयको आधिकारीक फेसबुक आफ्नो फेसबुक पेजमा राजधानीमा रहेका नागरिकलाई भोलि र पर्सी उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरिएको जानकारी गराएको थियो । यो निर्णय सार्वजनिक भएको केही घण्टामा गृहले प्रेस विज्ञप्ती निकाले पछि प्रधानमन्त्री कार्यालयले पनि आफ्नो निर्णय सच्याएको छ । (हेर्नुस् तस्विरमा)

समितिको पेजमा अपडेट गरिएको सूचना अनुसार स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएका कारण यसअघिको निर्णय फिर्ता लिइएको जनाइएको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार १९:०४ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...